
काठमाण्डु – अमेरीकी राष्ट्रपति बाराक ओबामा र भारतीय अभिनेता शाहरुख खान सबैभन्दा बढि ‘मनपर्ने बाबु’ भएकोे एक सर्वेक्षणले देखाएको छ ।
भारतको विवाहसम्बन्धी वेभसाइट ‘सादी डट कम’ले अनलाइन सर्भेमार्फत यो तथ्य सार्वजनिक गरेको हो । ‘फादर्स डे’ को अवसरमा सो सर्वेक्षण गरिएको हो । ‘फादर्स डे’ जुन १५ तारिखमा मनाइन्छ ।
सर्भेमा ५०० जना महिलाको सहभागिता रहेको थियो । जसमध्ये भारतीय मनपर्ने बाबुमा अभिनेता शाहरुख खानलाई छानेका छन् । उनले ४२ प्रतिशत मत पाएका छन् । ३६ प्रतिशत मत ल्याएर दोस्रो मनपर्ने बाबु क्रिकेटर सचिन तेन्दुलेकर बनेका छन् भने महानायक अमिताभ बच्चनले २० प्रतिशत मत पाएका छन् ।
विदेशी मनपर्ने बाबुमा ४० प्रतिशत मत हासिल गर्दै बाराक ओबामा पहिलो भएका छन् । त्यस्तै ,संगीतज्ञ विल स्मिथले ३१ प्रतिशत मत ल्याएका छन् । पूर्वफुटबल खेलाडी डेभिड बेकह्यामले १५ र टेनिस च्याम्पियन रोजर फेडेररले १३ प्रतिशत मत पाएका छन् ।
सर्भेमा सामेल महिलाले उत्कृष्ट ‘बाबु –छोरी’ मा पनि शाहरुख खान र छोरी शुहानालाई छानेका छन् ।