म्यानमारको भन्दा नेपालको प्रजातन्त्र एक कदम अगाडी : सुकी

काठमाण्डु टुडे २०७१ जेठ ३० गते १३:२६ मा प्रकाशित

suki

काठमाण्डु, ३० जेठ – नेपाल भ्रमणमा रहेकी म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ साङ सुकीले म्यानमारको भन्दा नेपालको प्रजातन्त्र एक कदम अगाडी बढेको बताएकी छिन् ।

प्रधानमन्त्री सुशिल कोइरालासाग बालुवाटारमा शुक्रबार सााझ भएको भेटवार्तामा उनले नेपालको प्रजातन्त्र धेरै बलियो र सुदृढ भएको बताएकी हुन् ।

भेटका क्रममा काठमाण्डुको विकासक्रम देखेर आफू निकेै दङग परेको भन्दै प्रधानमन्त्रीसाग खुसी साटेकी छिन् ।

साथै, काठमाण्डुमा केन्द्रीत भएको भौतिक पूर्वाधार विकासलाई ग्रामिण इलाकामा लैजान पनि सुझाव दिएकी छिन् ।

नेपालको प्रजातन्त्र, शैक्षिक स्थिति राम्रो भएको बताइन् । म्यानमारमा धेरै मानिस विद्यालय बाहिर छन् ।

तर नेपालमा त्यस्तो अवस्था नरहेकोमा खुसी व्यक्त गरिन् ।

उनी ‘प्रजातान्त्रिक समाजवादको भविष्य’ शीर्षकमा बिपी चिन्तन प्रतिष्ठानले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलन भाग लिन  नेपाल आएकी हुन् ।

सुकीले भोली  संविधानसभा सदस्यहरुलाई सामुहिक सम्बोधन गर्नेछिन् । उनले भोली ह््यात रिजेन्सीमा हुने प्रजातान्त्रिक समाजवादको भविष्य शीर्षकमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

सुकीलाई अन्तराष्ट्रिय विमानस्थलमा सरकारका तर्फबाट वन तथा भू संरक्षण मन्त्री महेश आचार्य र बिपी चिन्तन प्रतिष्ठानका तर्फबाट अध्यक्ष हरिबोल भट्टराइसहितको टोलीले विमानस्थलमा  स्वागत गरेको छ ।

सम्मेलनमा भाग लिन सुकीसहित सोसलिष्ट इन्टरनेसनलका महासचिव लुइस आयला, जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक आनन्दकुमार, जर्मन प्राध्यापक थोमस मायर, बेल्जियमका प्राध्यापक डा. जुलियन भोउ पनि नेपाल आउँदै छन् ।
सम्मेलनमा नेपालका तर्फबाट जयराज आचार्यले ‘प्रजातान्त्रिक समाजवादको भविष्य’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुने छ ।

परराष्ट्र मन्त्रालयका अनुसार नेपालमा रहँदा सुकीले राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री सुशील कोइरालासँग शिष्टाचार भेट गर्नुका साथै विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटघाट गर्नेछन् ।

उनले बुद्धको जन्मस्थल लुम्बिनी र सुन्दरीजलस्थित विपी कोइराला सङ्ग्रहालयको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us