एसएलसीको नजिता केही क्षणमा नै सार्वजनिक हुँदै

काठमाण्डु टुडे २०७१ जेठ ३० गते २:०८ मा प्रकाशित

काठमाण्डु, ३० जेठ – एसएलसी परीक्षा वोर्डको बैठक अहिले परीक्षा नियन्त्रण कार्यालय सानोठिमि भक्तपुरमा बसिरहेको छ ।

slcआज साँझ हुने एसएलसीको नतिजा सार्वजनिक गर्ने औपचारिक निर्णय गर्न शिक्षा सचिव विश्वप्रकाश पण्डितको अध्यक्षतामा बैठक बसेको हो ।

आज साँझ ५ बजे परीक्षफल प्रकाशित हुने जनाएको छ। परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेका अनुसार नतिजा प्रकाशित गर्न अन्तिम तयारी भइरहेको छ ।

यस वर्षको एसएलसी परीक्षामा पाँच लाख ६६ हजार ८५ जना परीक्षार्थी सहभागी भएका छन् ।

जसमध्ये नियमिततर्फ चार लाख १९ हजार ३ सय ५२ जना र एक्जाम्टेडतर्फ एक लाख ४६ हजार ७ सय३३ जना सहभागी छन् ।

परीक्षा नियन्त्रण कार्यलय नियमावलीमा ९० दिनभित्र परीक्षफल प्रकाशित गर्ने उल्लेख गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us