
काठमाण्डु, २९ जेठ – मुख्य सचिव लीलामणि पौड््यालले राजनीतिक दलले विद्यालयका बालबालिकालाई नाराजुलुसमा प्रयोग गरे त्यस्ता विद्यालयलाई कारबाही गर्ने निर्देशन दिएका छन् ।
सरकारले बिहिबार भक्तपुरमा आयोजना गरेको बालश्रमविरुद्धको अन्तर्राष्ट्रिय दिवसको उद्घाटन कार्यक्रममा उनले राजनीतिक दलको कार्यक्रममा विद्यार्थी पठाउने विद्यालयलाई तत्काल कारबाही गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई आग्रह गरेका छन् ।
उनले राजनीतिक दलहरूलाई आफ्नो कार्यक्रममा विद्यार्थीलाई प्रयोग नगर्न आग्रह पनि गरे ।
घरघरमा घरेलु कामदार राख्नु ऐनविपरीत भएकाले यसलाई निषेध गर्नुपर्ने आँैल्याउँदै उनले स्थानीय निकायमा सिफारिस लिन आउनेलाई घरेलु कामदार भए नभएको जानकारीसहितको फाराम भर्न लगाउने परिपाटी बसाल्नु पर्ने बताए ।
कार्यक्रममा बालअधिकारकर्मी गौरी प्रधानले १० वर्षअघि नेपालमा २६ लाख बालश्रमिक रहेकामा १० लाखलाई श्रम मुक्ति दिइएको र अझै १६ लाख बालश्रमिक रहेको जानकारी दिए ।
यसअघि भक्तपुरको च्याम्हसिंहबाट सुरु भएको बालश्रमविरुद्धको ¥याली भक्तपुर नगरको विभिन्न भाग परिक्रमा गर्दै दरबार स्क्वायरमा आएर समापन भएको थियो ।