माओवादी राष्ट्रिय सम्मेलन अनिश्चित

काठमाण्डु टुडे २०७१ जेठ २९ गते १३:०३ मा प्रकाशित

काठमाण्डु , २९ जेठ – नेकपा–माओवादीको आगामी असार १० देखि १५ गतेसम्म हुने भनिएको राष्ट्रिय सम्मेलनको मिति अनिश्चित बन्दै गएको छ ।

maoist-flagतय गरिएको मिति नजिकिँदै गर्दा सदस्यता नवीकरणको अभिलेख जिल्लाबाट अझै केन्द्रमा आइनसकेको, संविधानसभा उपनिर्वाचन बहिष्कार लगायतका कारणले तयारी नपुग्ने भएकाले सम्मेलन केही दिन पर सर्ने अवस्था आएको स्रोतले जनाएको छ ।

माओवादी पोलिटब्युरो सदस्य हरिभक्त कँडेलले असार १० गते नै सम्मेलन गर्ने गरी पार्टीले काम अगाडि बढाइरहेको बताउँदै समय अभावको स्थितिमा मात्रै सम्मेलन केही दिनलाई पर सर्न सक्ने बताएका छन् ।

असार १० गतेका लागि तोकिएको सम्मेलन सारेर असारको अन्तिम सातातिर गर्ने तयारी माओवादीले गरिरहेको छ । माओवादीको यस सम्मेलनले पार्टी केन्द्रीय समितिको चयन गर्नुका साथै पार्टीको आगामी कार्यदिशासमेत तय गर्नेछ ।

माओवादीमा ‘जनयुद्धको जगमा जनविद्रोह’को कार्यदिशालाई नै यथावत् राखेर अगाडि बढ्ने की ‘जनयुद्ध’मा जाने भन्ने विवाद बढिरहेको सन्दर्भमा हुन लागेको यो सम्मेलनले यस विषयमा ठोस निर्णय गर्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us