
सिरहा, जेठ २९ – सिराहाको मिर्चैया नगरपालिका–६ स्थित ओम ग्रिल उद्योगमा कार्यरत एक मिस्त्रीको करेन्ट लागेर बिहिबार दिउँसो मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारत विहार राज्यका २७ वर्षीय मोहमद सरफाइन अली रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक वेदप्रसाद गौतमले बताएका छन् ।
बिजुलीको तार सर्ट भएर करेन्ट लाग्दा गम्भीर घाइते भएका मिस्त्री अलीलाई उपचारार्थ स्थानीय क्लिनिकमा पुर्याइए लगत्तै मृत्यु भएको प्रहरीले जनाएको छ ।