ओली जुनसुकै हालतमा पार्टी अध्यक्ष : गृहमन्त्री

काठमाण्डु टुडे २०७१ जेठ २९ गते १२:३३ मा प्रकाशित

दाङ , २९ जेठ – नेकपा एमालेका उपाध्यक्ष तथा नेपाल सरकारका गृहमन्त्री बामदेव गौतमले जुनकुनै हालतमा पनि केपी ओली एमालेको नवौ महाधिबेशनबाट पार्टी अध्यक्ष हुने वताएका छन ।

bamdevगौतमले केपी ओलीलाई सकभर सहमति बाटै अध्यक्ष हुने यद्यपी यसमा माधव नेपालले सहयोग नगरे निर्वाचनबाट नै भारी मत ल्याई अध्यक्षमा निर्वाचित हुने ठोकुवा गरे ।

प्रेस चौचारी नेपाल दाङले गरेका पत्रकार सम्मेलनमा उपाध्यक्ष गौतमले त्यस्तो वताएका हुन । केपी जिको पक्षमा सहमति गराउन् काम भइरहेका छ उनले भने उहाँनै अवको अध्यक्ष हो ,सहमति बाट पनि र निर्वाचन वाट पनि ।

उनले केपी ओली संग माधव जि चुनावमा लडन कसिनु भएको छ गौतमले भने सहज रुपमा केपी ओलीलाई माधव नेपालले सहयोग गर्नु पर्छ ।

त्यो नभए लोकतान्त्रीक प्रक्रिया अनुसार निर्वाचन बाट अध्यक्ष सहितका पदाधिकारी चुनिने बताए । एमालेको नवौ महाधिवेशनलाई मध्यनजर गरेर जिल्लामा तय गरिएको एउटा गुटको भेलालाई सम्वोधन गर्न गृह मन्त्री गौतम दाङ आएका हुन ।

सरकारका उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका गौतमले सरकारको काम प्रभावकारी भइरहेको वताए । उनले संयुक्त सरकार भएकाले सहमति हँुदा सम्म आफू सरकारमा बस्ने र सहमति तोडेकै दिन बाहिरिने बताए ।

उनले अहिले सरकारमा मिलेर काम गरिरहेको वताए । उनले अहिले सम्म गृह मन्त्रालयले नागरीक हरुमा अमन चयन, शान्ती सुरक्षाको प्रत्याभुति दिलाएको उल्लेख गरे । सरकार अहिले गुण्डागर्दी र चोरी तस्करी दादागरि गर्नेहरुलाई कारवाही गरिरहेका वताए ।

उनले बुधवार महिला सभासद माथि भएको हातपातको घटनालाई गम्भीर रुपमा लिएको भन्दै हातपात गर्नेलाई प्रहरी पक्राउ गरि कारवाही अघि वढाएको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us