आँगनमै डुबेर बालकको मृत्यु

काठमाण्डु टुडे २०७१ जेठ २९ गते १२:२८ मा प्रकाशित

महोत्तरी, २९ जेठ – घरको आँगनमै रहेको खाल्टोको पानीमा डुबेर महोत्तरी जिल्लाको सिमरदही गाविसमा बिहिबार दिउँसो एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिमरदही गाविस–५ का नरिस अन्सारीको दुई वर्षीय छोरा दिलसन अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

खानेपानीको पाइपबाट चुहिने पानी जम्मा गर्न आँगनमै खनिएको खाल्टोमा बालक खसेको प्रहरी नायब निरीक्षक तेजबहादुर भट्टराईले बताएका छन्

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us