क्यानको अध्यक्षको कार्यभार शाहलाई

काठमाण्डु टुडे २०७१ जेठ २९ गते १२:११ मा प्रकाशित

काठमाण्डु , २९ जेठ – नेपाल क्रिकेट संघको अध्यक्ष लगायत १० पदाधिकारीहरु माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेकोले बिहिवार संघको कार्यसमिति बैठक बसेको छ ।

Nepal-Vs-Canadaबैठकमा मुद्धा लागेका पदाधिकारीहरुको अनुपस्थितिका कारण दैनिक कार्य सञ्चालन गर्न असहज हुने र उनिहरुको नैतिकताको आधारमा संघबाट अलग रहने अभिप्राय व्यक्त भएकाले अध्यक्ष,महासचिव ,प्रवक्ता र कोषाध्यक्षले गर्ने कामको जिम्मेवारी हेरफेर गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिका अनुसार अध्यक्षको अबको कार्यभार वरिष्ट उपाध्यक्ष तारिणी विक्रम शाहलाई दिइएको छ ।

त्यस्तै महासचिवको कार्यभार सचिव उत्तम कर्माचार्यले , कोषाध्यक्षको कार्यभार सदस्य दिवाकर घलेले र प्रवक्ताको कार्यभार  उत्तम कुमार कर्माचार्यले सम्हाल्ने भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us