सभासद कुट्ने युवक समातिए

काठमाण्डु टुडे २०७१ जेठ २९ गते १०:२४ मा प्रकाशित

काठमाण्डु , २९ जेठ – नेपाली काँग्रस सभासद रिताकुमारी शाहीमाथि गलत मनसाय राखी मुक्का प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् ।

रामेछाप चिसापानीका टिकाराम सुन्दासलाई बुधवार साँझ काठमाडौंको बत्तीसपुतलीमा अर्की एक महिलामाथि हातपात गर्दै गरेको अवस्थामा पक्राउ परेको महानगरीय प्रहरी प्रभाग गौशालाका डिएसपी अभिनारायण काफ्लेले जानकारी दिए ।

काफ्लेका अनुसार सोधपुछ गर्दै जाँदा सभासद शाहीमाथि हातपात गर्ने पनि उनै भएको खुलेको बताए ।

बिहीबार सुन्दासलाई प्रहरीले सार्वजनिक सार्वजनिक अपराधमा मुद्दा चलाएको छ ।

बानेश्वर प्रहरीले सुन्दासलाई जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित गराइसकेको र उनले सभासदमाथि पनि आफैंले हातपात गरेको बयान दिएको प्रहरीले जनाएको छ ।

सुन्दासको बत्तिसपुतलीमा सिलाइबुनाइ पसल रहेको छ । उनी बत्तीसपुतलीमा पनि एक महिलाको जिउमा हात हालेर भाग्ने क्रममा समातिएको प्रहरीले जनाएको छ ।

बुधवार सभासद शाहीमाथि हातपात भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us