
काठमाण्डु – सदाबहार अभिनेत्री अर्थात बलिउडकी ढुकढुकी माधुरी दीक्षित बालबालीकाको अधिकारका लागि काम गर्ने भएकी छिन् ।
युनिसेफसँग सहकार्य गर्दै उनी त्यस क्षेत्रमा लाग्दैछिन् । बालश्रम र बाल बेचविखनको अन्त्य गर्न सक्छौं । समाजमा हरेक बालबालिकालाई समान अधिकारको सुनिश्चतता हुनुपर्दछ । हामी सबैले दृढ इच्छाका साथ लाग्नु पर्छ । कसैमाथि भेदभाव हुनुहुदैन ।
उनी यसै विषयलाई जनमानसमा चेतना फैलाएर बालअधिकारको वकालत गर्न चाहन्छिन् । साथै महिला अधिकारका लागि पनि उनले सक्दो प्रयास गर्ने बताएकी छिन् ।
उनले आफ्नो अभियानलाई अगाडी बढाउने क्रममा आउदो महिना मध्य प्रदेशमा एक कार्यक्रम गर्ने जानकारी दिएकी छिन् ।