
काठमाण्डु, जेठ २९ – एमालेले विधान संशोधन गर्दै पदाधिकारीको सङख्या थप्ने प्रस्ताव तयार पारेको छ ।
केन्द्रीय सदस्य योगेश भट्टराईका अनुसार एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिव रहने टुंगो लागेको छ ।
विधान संशोधन प्रस्तावलाई अन्तिम रुप दिन गठित अध्यक्ष झलनाथ खनाल नेतृत्वको कार्यदलले बिहीबार १४ सदस्यीय पदाधिकारीको टुंगो लगाएको छ ।
विद्यमान विधानमा एमालेमा एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव र तीन सचिव रहने व्यवस्था थियो ।