बर्दियमा गोही सङ्कटमा

काठमाण्डु टुडे २०७१ जेठ २८ गते २:०४ मा प्रकाशित

gohiबर्दिया, २८ जेठ– बबई नदीमा गोही सङ्ख्या बढेको छ । कर्णाली नदीमा भने घटेको छ । बबईमा ६८ र कर्णाली नदीमा भने चारवटा गोही फेला परेका छन् ।

विगतमा प्रशस्त पाइने कर्णाली नदीमा भने गोही घटेका छन् । प्राकृतिक बासस्थान विनाश चोरी सिकारसँगै आहारा प्रजातिका जलचर छुटेकाले गोही संरक्षणमा चुनौती देखिएको निकुञ्जले जनाएको छ ।

सरकारले घडियाल गोहीलाई संरक्षित वन्यजन्तुमा सूचीकृत गरेको छ । उतm निकुञ्जमा गोही संरक्षणका लागि प्रजनन केन्द्र सञ्चालनमा छ । कर्णाली र बबईका प्राकृतिक बासस्थानमा फेला परेका घाइते गोही र नदी किनारमा भेटिने बेवारिसे अण्डालाई केन्द्रमा संरक्षणमा सहयोग पुगेको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले बताए ।
प्रजनन केन्द्रमा हाल घडियाल गोही १८ र अन्य गोही आठवटा छन् । चोरी–सिकार, प्राकृतिक स्रोत अत्यधिक र विषादीको प्रयोगले गोहीको प्राकृतिक बासस्थान विनाश हँुदै आहारा प्रजातिका जलचर घटेकाले चुनौतीपूर्ण बन्दै गएको छ भण्डारीले भने ।

गत माघ चितवन राष्ट्रिय निकुञ्जबाट ५० वटा गोही बबईमा छाडिएको थियो । ठूलाठूला ढुङ्गामा ठोक्किने र घाइते हुने समस्या पनि भएको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us