म नेपाल र ओली कसैको पक्षमा छैन: खनाल

काठमाण्डु टुडे २०७१ जेठ २७ गते १४:५४ मा प्रकाशित

Jhalanath-Khanalकाठमाण्डु, २७ जेठ– एमाले अध्यक्ष झलनाथ खनालले आफू नवौं महाधिवेशनबाट नेतृत्व लिने दौडमा रहेका माधव नेपाल र केपी ओलीमध्ये कसैको पक्षमा नरहेको बताएका छन् ।
पार्टी मुख्यालय बल्खुमा मंगलबार भएको नियमित पत्रकार भेटघाटमा अध्यक्ष खनालले आफू कुनै पनि गुटका पक्षमा नरहेको बताए । महाधिवेशन नजिकिंदै जाँदा नेपाल–ओली दुवै समूहले खनाल आफ्नो समर्थनमा रहेको दाबी गर्दै आएका छन् । ‘म एमालेको हुँ, खनालले भने, ‘कुनै गुटमा म छैन ।’

अध्यक्ष खनालले महाधिवेशनका लागि देखिएका दुवै समूह समस्या नभएको उल्लेख गरे । महाधिवेशनले एमालेलाई थप एकताबद्ध गरेर लैजाने दाबी उनको छ । पत्रकार सम्मेलनमा एमालेको पार्टी सदस्य २ लाख ५५ हजार पुगेको जानकारी दिए ।

महाधिवेशनमा २ सय पार्टी सदस्य बराबर एक प्रतिनिधि हुने र महिला दलित, मजदुर तथा पिछडिएको क्षेत्रका लागि १ सय ५० जना बराबर १ जना प्रतिनिध हुने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us