पार्टीमा मेरो नेतृत्व आवश्यक छ: नेपाल

काठमाण्डु टुडे २०७१ जेठ २७ गते १४:४७ मा प्रकाशित

madhav nepalपोखरा, २७ जेठ– एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका लागि आफ्नो नेतृत्व आवश्यक रहेको बताएका छन् ।
प्रेस चौतारी कास्कीले पोखरामा मंगलबार गरेको पत्रकार घेटघाटमा उनले पार्टीका अधिकांश युवा पंक्ति र जनताले माधव नेपाललाई अध्यक्षमा रुपमा हेर्न चाहेको बताए । ‘पार्टीमा मेरो नेतृत्वको खाँचो छ’, नेपालले भने, ‘पार्टीको युवापंक्ति र जनता मेरो पक्षमा छन् ।’

उनले राजनीति नीति र विधिबाट चल्नुपर्ने भन्दै केपी ओली पक्ष नीति र विधिविपरीत चलेको आरोप लगाए । पार्टी नेतृत्व लिने नाममा आफू फोहोरी राजनीतिको पक्षमा नरहेको बताए ।

ठगी, लुटपाट र ठेकदारबाट कमिशन लिएर पार्टी नचलाउे भन्दै उनले उत्पादनशिल कार्य गरेर पार्टी चलाउनु पर्ने उल्लेख गरे । नेता नेपालले एक कार्यकालभन्दा बढी अध्यक्ष पदमा नबस्ने प्रतिबद्धता जनाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us