मारिएको मृग र हतियारसहित पक्राउ परेका शुभराम थुनामा

काठमाण्डु टुडे २०७१ जेठ २७ गते ४:०६ मा प्रकाशित

धादिङ, २७ जेठ– जिल्ला वन कार्यालय धादिङले शिकार गरेको मृग र हतियारसहित पक्राउ गरेका नेपाल विद्यार्थी संघका नेता शुभराम बस्नेतलाई थुनामा राख्न आदेश दिएको छ ।
वनले बस्नतेलाई अनुसन्धानका लागि थप १० दिन थुनामा राख्न जिल्ला वनले म्याथ थप गरेको हो । बस्नेत काठमाण्डुको शंकरदेव क्याम्पसका स्ववियु सभापतिसमेत रहेका बस्नेतसहित ६ जनालाई धादिङ प्रहरीले सोमबार पृथ्वीराजमार्गको थाक्रेबाट मारिएको मृग र हतियारसहित पक्रेको थियो ।

बस्नेतसँगै पक्राउ गरेका हरिशचन्द्र भण्डारी, रोशन खड्का, रमन राई, मदन थापा र चन्द्र गदाईलीलाई हिरासत राख्न सरकारी वकिलको कार्यालयबाट १० दिनको म्याद थपिएको हो । स्थानीय ठूलो सामुदायिक वनमा मृग शिकार गरी काठमाण्डु जाने क्रममा उनीहरुलाई ना २ च ४०५७ नम्बरको गाडीमा मृगसहित पक्राउ गरिएको थियो ।

मल्लको साथबाट टुटु म्याग्नम राईफल र १९ थान सोको गोली बरामद गरिएको प्रहरी नायव उपरीक्षक प्रकाश मल्लले जानकारी दिए । बयानका क्रममा बस्नेतले आफूले गोली हानेर मृग मारेको स्वीकार गरेका छन् ।

वाग्लुङमा नेविसंघको कार्यक्रममा सहभागी भएर काठमाण्डु फर्कंदै गरेका बस्नेत समूहले राजमार्गछेउमा मृग देखेपछि लखेटेर मारेको थियो ।

निमित्त जिल्ला वन अधिकृत कृष्णप्रसाद अधिकारीले उनीहरु दोषी देखिएकाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार मुद्धा दर्ता गरिने बताए । बस्नेत यसअघि पनि काठमाण्डुबाट हतियारसहित पक्राउ परेका थिए । त्यतिखेर उनलाई छुटाउन नेविसंघले राजधानीमा चक्काजाम गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us