पार्टीभित्रबाट सरकार कमजोर पार्ने खेल भएको छैन: देउवा

काठमाण्डु टुडे २०७१ जेठ २७ गते १३:४४ मा प्रकाशित

धनगढी, २७ जेठ– काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले प्रधानमन्त्री सुशील कोइरालाले आफू सरकार कमजोर पार्ने खेलमा नलागेको बताएका छन् ।

sher_Bahadur_Deuba
कैलाली–६ मा आगामी ८ असारमा हुने संविधानसभा उप–निर्वाचन प्रचारका लागि मंगलबार धनगढी पुगेका देउवाले सञ्चारकर्मीसँग प्रधानमन्त्री एव्म पार्टी सभापति सुशील कोइरालाले भनेजस्तो सरकार कमजोर पर्ने खेल कतैबाट नभएको बताएका छन् ।

कोइरालाले सार्वजनिक कार्यक्रममै देउवा पक्षलाई संकेत गर्दै पार्टीभित्रैबाट सरकार कमजोर पार्ने खेल भइरहेको बताएका थिए । ‘प्रधानमन्त्रीले भनेजस्तो पार्टीभित्रबाट सरकार कमजोर पार्ने खेल भइरहेको छैन’, देउवाले भने , ‘मलाई लाग्छ बाहिरबाट पनि त्यस्तो भएको छैन ।’

अर्को एक फरक प्रसंगमा देउवाले पार्टीको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको सम्मेलन स्थगित गरिएकामा असन्तुष्टि जनाए । उनले पार्टीमा छलफलै नगरी सम्मेलन स्थगित भउकाले त्यसबारे आफूलाई केही थाहा नभएको टिप्पणी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us