दुई साताअघि भक्तपुरबाट अपहृत बालकको भारतबाट उद्धार

काठमाण्डु टुडे २०७१ जेठ २७ गते १३:१७ मा प्रकाशित

बारा, २७ जेठ– भक्तपुरको सूर्यविनायकबाट दुई साताअघि अपहरित एक बालकको भारतबाट सकुशल उद्धार गरिएको छ ।
प्रहरीले अपहिरत बालक बिटु चौधरीलाई मंगलबार भारतको भारत मोतिहारीको रुपहाराबाट सकुशल उद्धार गरेको हो ।

प्रहरीले अहपरणमा संलग्न बारा बेनौली–२ का ५० वर्षीय अमलदेव ठाकुर र भारत लखौराका दिनेश सिंहलाई हतियारसहित पक्राउ गरेको छ । उनीहरुको साथबाट एक थान पेस्तोल र त्यसमा प्रयोग गरिने ६ राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले अपहरणमुक्त बालक चौधरीलाई उनका बाबु राकेशको जिम्मा लगाएको छ । राकेशले आफ्नै कबाडीमा काम गर्ने राजु यादवले गत जेठ १४ गते छोरा अपहरण गरेर लगेको बताए ।
अपहरणकारीलाई हिरासतमा राखेर थप अनुसन्धान जारी राखेको बारा प्रहरी प्रमुख उपरीक्षक ईश्वरबाबु कार्कीले जानकारी दिए । प्रहरीका अुनसार सो गिरोहले यसअघि पनि तीन जनालाई अपहरण गरी लाखौं फिरौती लिएको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us