इराकमा अन्त्येष्टिमा बम विस्फोट हुँदा बीसको मृत्यु

काठमाण्डु टुडे २०७१ जेठ २७ गते १२:४९ मा प्रकाशित

इराक, २७ जेठ – इराकको बाकुबा नगरमा मङ्गलबार एक अन्त्येष्टि कार्यक्रमनजिकै दुई बम विस्फोट हुँदा २० व्यक्तिको मृत्यु भएको जानकारी प्रहरी तथा चिकित्सकहरूले दिएका छन् ।

दियाला प्रान्तको केन्द्रमा भएको उक्त विस्फोटमा अन्य २८ व्यक्ति घाइते भएको जानकारी स्रोतले दिएका छन् ।

विस्फोटको समयमा शोकाकुल व्यक्तिले अघिल्लो रात गोली प्रहार गरी मारिएका शिक्षकको शव चिहानतर्फ लैजाँदै थिए ।

लडाकूहरूले मानिसहरू भेला हुने स्थानमा प्राय आक्रमण गर्ने गरेका छन् । उनीहरूले सकेसम्म अधिक व्यक्तिको मृत्यु होस् भन्ने उद्देश्यले अन्त्येष्टि, विवाह, मस्जिद, बजार, क्याफेमा पनि आक्रमण गर्ने गरेका छन् ।

यसबीच इराकको उत्तरी प्रान्त निनेवेह तथा यसको केन्द्र मोसुललाई लडाकूहरूले आफ्नो नियन्त्रणमा लिएका छन् ।

लडाकूहरूले बिहीबारदेखि निनेवेह, अनबर, दियाला, सालाहेद्दिन तथा बग्दादका प्रान्तहरूमा प्रमुख आक्रमण गरेका छन् र बीसौँ व्यक्तिको हत्या गरेका छन् । यसबाट उनीहरूको क्षमता तथा इराकी सुरक्षा सेनाको कमजोरी स्पष्ट हुने बताइएको छ । एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us