संसदमा एमाओवादीको भूमिका सिर्जनात्मक हुने : प्रचण्ड

काठमाण्डु टुडे २०७१ जेठ २७ गते ९:३४ मा प्रकाशित

काठमाण्डु, २७ जेठ – एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले प्रमुख प्रतिपक्षि पार्टीको हैसियतले सिर्जनात्मक र दबाबमूलक भूमिका देखाउने बताएका छन् ।

prachandaकार्यकर्ता प्रशिक्षण कार्यक्रममा मंगलबार बाँकेको र कोहलपुर पुगेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संचारकर्मीसँग कुराकानी गर्दै केही गम्भीर प्रकृयाका बारेमा सरकारको ध्यानाकर्षण गराउने बताए ।

शान्ति प्रकृयासँग सम्बन्धीत केही गम्भीर कुरामा सरकारको ध्यानाकर्षण गराउँदैछौं अध्यक्ष प्रचण्डले भने, अब प्रतिपक्षिको आवाज सरकारले सुन्छ ।

अध्यक्ष प्रचण्डसँग असन्तुष्ट वरिष्ठ नेता बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा सहितका शिर्ष नेताहरु पनि अध्यक्ष प्रचण्डसँगै थिए । पार्टीका आन्तरिक निर्णयहरुलाई जिल्ला तहमा पुर्‍याउन र पार्टी भित्रको विवादलाई सामान्य बनाउन उनीहरु जिल्ला भ्रमणमा निस्केको बताएका छन् ।

उनीहरुले संविधान सभामा हुँदै आएको गतिरोध अन्त्य गर्ने तिर सरकार गम्भीर नभएको आरोप लगाएका छन् । अध्यक्ष प्रचण्डले एक दिन सदन अवरुद्ध हुने बित्तिकै आफना माग सम्बोधन भई अर्को दिन सदन सन्चालन हुने ठानेर अवरुद्ध गरेको जानकारी दिए । एक दिन अवरुद्ध गरेपछि अर्को दिन खुल्छ जस्तो लागको थियो  प्रचण्ड भने, सरकार छ कि छैन जस्तो लागेका बेला प्रतिपक्षिले सदन अवरुद्ध गरेपछि उसलाई खुदो भएको छ । ४ बुँदे सहमति कार्यान्वय गर्न नमानेपछि सदनमा गतिरोध उत्पन्न गर्न बाध्य हुनुपरेको उनले बताए ।

अध्यक्ष प्रचण्डले २६ जना सभासद मनोनयन गर्ने कार्यमा पनि सरकारले निर्णय लिन नसकाले हुन नसकेको बताए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us