
काठमाण्डु ,२७ जेठ– सिंहदरबारको पश्चिमढोका नजिक भद्रकाली–सिंहदरबार सडकमा आज मध्याह्न बस पल्टिँदा दुई बालबालिकासहित नौ यात्रु घाइते भएका छन् ।
काठमाडौको पुनारो बसपार्कबाट बनेपा–धुलिखेलका लागि छुटेको बा१ख ६७३९ नं को बस दिउँसो करिब १२:१५ बजे तिर विपरीत सडक किनारामा पुगेर पल्टेको हो ।
घाइतेलाई उपचारका लागि वीर अस्पतालमा पठाइएको घटनास्थलमा उद्धारका लागि खटिएका प्रहरी निरीक्षक लोकबहादुर बुढाथोकीले जानकारी दिएका छन् ।