गर्मीले विद्यालयको पढाइ बन्द

काठमाण्डु टुडे २०७१ जेठ २७ गते ७:३३ मा प्रकाशित

धनगढी, २७ जेठ–बढ्दो गर्मीका कारण विद्यालय,व्यापार व्यवसाय,कृषि सबै लगायत क्षेत्रमा प्रभाव पर्न थालेको छ ।

विद्यालय जाने छात्र–छात्रालाई गर्मीले बढी असर पुर्‍याउन थालेपछि कैलालीका निजी विद्यालयमा पठनपाठनको काम केही दिनका लागि बन्द गरिएको विद्यालय प्रशासनले जनाएको छ ।

गर्मीले खेतबारीमा राखिएको धानको ब्याड र तरकारी बाली सुक्न नदिन दिनहुंँ बोरिङबाट पानी दिनुपरेको कृषकले बताएका छन् ।

गर्मीका कारण विपन्न वर्ग र दैनिक ज्याला–मजदूरी गरेर जीविका चलाउनेहरु सबैभन्दा बढी प्रभावित भएका छन् ।

गर्मी बढेसँगै स्थानीय स्वास्थ्य संस्थामा बिरामीको चाप पनि बढेको स्वास्थ्यकर्मीले बताएका छन् ।

केही दिनदेखि यहाँ गर्मी बढेर अधिकतम तापक्रम ४१/४२ डिग्री सेल्सियसको आसपास पुगेसँगै सापेक्षिक आद्र्रता बढेको अनुमान गरिएको छ ।

गर्मी बढेपछि स्थानीय बजार क्षेत्रमा मध्याह्नमा सर्वसाधारणको आवागमन निकै कम हुने गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us