प्रेस युनियनको महाधिवेशन स्थगित मिति र स्थानको खोजी

काठमाण्डु टुडे २०७१ जेठ २७ गते ४:४४ मा प्रकाशित

Nepal Press unionकाठमाण्डु, २७ जेठ – नेपाल प्रेस युनियनको महाधिवेशन स्थगित भएको छ ।

असार ४ र ५ मा पोखरामा हुने भनिएको महाधिवेशन प्राविधिक कारण देखाउँदै स्थगित गरिएको हो । असार ८ गते उपनिर्वाचन समेत भएकाले महाधिवेशन स्थगित गरिएको कार्यबहाक अध्यक्ष बद्री सिग्देलले जानकारी दिए ।

‘४ जिल्लामा उपनिर्वाचन हुने भएकाले प्रेस युनियनका साथीहरुको आग्रहमा महाधिवेशन स्थागित गरिएको हो ’ सिग्देलले भने । महाधिवेशनका लागि पोखरामा तयारी तिव्र भइसकेको थियो । सिग्देलले भने ‘सवै साथीहरु प्रति केन्द्रीय समिति क्षमा चाहन्छ । ’

महाधिवेशनबारे असार ३ गते केन्द्रीय समितिको बैठक बस्ने भएको छ । बैठकले महाधिवेशनका लागि स्थान र मिति तय गर्ने सिग्देलले जनाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us