
काठमाण्डु, २७ जेठ – प्रधानसेनापति गौरवशमशेर राणा एक साता लामो भ्रमणका लागि आज भारत प्रस्थान गरेका छन् ।
भारतका स्थल सेनाध्यक्ष विक्रम सिंहको निमन्त्रणामा भारतीय सेनाको इण्डियन मिलिटरी एकेडेमीमा सञ्चालित अधिकृत आधार तालिमको आयुक्त पद प्रदान कार्यक्रममा सहभागी हुन प्रधानसेनापति राणा त्यसतर्फ गएका हुन् ।
भ्रमणदलमा उपरथी पूर्णचन्द्र थापा र सहसेनानी कृति राजभण्डारी पनि सहभागी हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
भ्रमणका क्रममा प्रधान सेनापति राणाले भारतीय रक्षामन्त्री अरुण जेट्लीसहित वायु र जलसेना प्रमुखहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ ।