एमाले केन्द्रीय समिति बैठक बस्दै

काठमाण्डु टुडे २०७१ जेठ २७ गते ४:०२ मा प्रकाशित

uml officeकाठमाण्डु, २७ जेठ – नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आज पनि विधान संशोधन प्रस्तावमाथि छलफल हुँदैछ । केन्द्रीय कार्यालय मदननगर बल्खुमा बस्ने बैठकमा विधान संशोधनमाथिको छलफल हुने सचिव युवराज ज्ञवालीले जानकारी दिए ।

यसअघिको बैठकमा संगठन विभाग प्रमुखसमेत रहेका ज्ञवालीले विधान संशोधनको प्रस्ताव पेश गरेका थिए ।
विधान संशोधनमाथि यसअघि बोल्ने नेताहरुले पार्टीको बिधानलाई समय सान्दर्भिक बनाउनुपर्नेमा जोड दिएका छन् ।

प्रतिवेदनमा पार्टीको विधानको प्रस्तावना, पदाधिकारी संख्या, झन्डा र शपथ ग्रहणको भाषा परिमार्जनको प्रस्ताव गरिएको छ ।

१ सय २५ सदस्यीय केन्द्रीय कमिटीमा अध्यक्षपछि दोस्रो मर्यादामा वरिष्ठ नेता, तीन उपाध्यक्ष, पाँच सचिवसहितको ११ सदस्यीय पदाधिकारी निर्वाचित गर्ने प्रस्ताव अघि सारिएको छ । एमालेको नबौं महाधिवेशन असार १९ देखि २४ गतेसम्म काठमाण्डुमा हुने छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us