
काठमाण्डु, २७ जेठ – कुनै बेलाका चर्चित गायक रामकृष्ण ढकाललाई एक बैंकले पत्रिकामा सार्वजनिक सूचना प्रकाशित गरी ऋण तिर्न आग्रह गरेको छ ।
ललितपुरको लालीगुराँस सहकारीले ढकालको तीन पुस्ते पत्रिकामा प्रकाशित गरी ऋण चुक्ता गर्न मिति तोकेको छ ।
ढकालसहित जमानीमा बसेकी श्रीमति निलमको नाम र फोटो समेत कान्तिपुर दैनिकमा सहकारीले छापेको छ ।
लालीगुराँस सहकारीले ऋण, साँवा, र व्याज तिर्न आउन १५ दिने सूचना प्रकाशित गरेको हो ।
ढकालले घर किन्न २ करोड ऋण लगेका थिए ।