राष्ट्रपति र प्रधानमन्त्रीको बधाई सन्देश

काठमाण्डु टुडे २०७१ जेठ २७ गते १:२१ मा प्रकाशित

काठमाण्डु, २७ जेठ – राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालाले पोर्चुगलको राष्ट्रिय दिवसको उपलक्ष्यमा त्यहाँका राष्ट्रपति अनिबल काभाको सिल्भा र प्रधानमन्त्री पेड्रो पास्वस कोलिहोलाई बेग्लाबेग्लै सन्देश पठाई बधाई ज्ञापन गरेका छन् ।

सन्देशमा पोर्चुगलका राष्ट्रपति र प्रधानमन्त्रीको व्यक्तिगत सुख र सुस्वास्थ्यका साथै त्यहाँका जनताको उत्तरोत्तर प्रगतिको कामना गरिएको छ ।

उनीहरुले दुई देशबीच रहिआएको मैत्रीपूर्ण सम्बन्ध आउँदा वर्षहरूमा अझ सुदृढ हुँदै जाने विश्वास पनि व्यक्त गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us