
बारा , २६ जेठ– बारा जिल्लाको बजरीया, बिसनुपूर्वा कलैयामा गए राति सर्पको टोकाइबाट गम्भीर घाइते भएका चारजनाको कलैया अस्पतालमा उपचार भइरहेको छ ।
कलैया अस्पतालका अहेब जगमोहन चौधरीका अनुसार कलैया–६ बस्ने सनिल सुनारका ६ वर्षीया छोरी अन्जनीकुमारी र कलैया–८ बस्ने शिव सहनीकी ६ वर्षीया छोरी रिनाकुमारीलाई आइतबार बेलुकी शौचालय जाने क्रममा विषालु सर्पले टोकेको हो ।
त्यसैगरी, बङ्गरीया–९ बस्ने ५४ वर्षका जाहिर मिया मन्सुर र विसुनपूर्वा–७ बस्ने ४५ वर्षीय धर्मजीत पासवानलाई राति उनीहरूको घरबाहिर सर्पले टोकेको थियो ।
घाइतेलाई समयमै अस्पतालमा पुर्याइएकाले अवस्था सामान्य रहेको उपचारमा संलग्न अहेव चौधरीले जानकारी दिएका छन् ।