
काठमाण्डु, २६ जेठ– एमाले उपाध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले पार्टीको नवौं महाधिवेशनबाट वरिष्ठ नेता माधव नेपाललाई उठ्नै नसक्ने गरी संसदीय दलका नेता केपी ओली पक्षले राजधानीमा सोमबार गरेको आफू पक्षधर कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गौतमले नेपाललाई उठ्नै नसक्ने गरी हराइदिने बताएका हुन् ।
‘माधव नेपालले जनताको बीचमा हारे पनि पार्टीभित्र कहिल्यै हार्नुभएको छैन’, गौतमले भने, यसपटक माधव कमरेड ऐतिहासिक रुपले कहिल्यै नउठ्ने गरी पराजित हुनुपर्छ ।’ गौतमले पार्टी विधानमा वरिष्ठ नेताको अधिकार र कर्तव्य नहुने भएकाले नेपालले जथाभावी बोल्दै हिंडेको उनको भनाइ थियो ।
नेपाल पार्टी एकता र सहमतिको बाधक रहेकाले नवौं महाधिवेशनमा ऐतिहासिक रुपले हराउने उदघोष उनको थियो । गौतमले नेपाल पार्टीका लागि अपरिहार्य व्यक्ति नभएको समेत बताए ।
‘हामीले उहाँलाई अधिकार र कर्तव्य केही नभए पनि वरिष्ठ नेताको सम्मान दियौं’ उनले भने, ‘सम्मानको बदला जथाभावी बोल्दै हिंड्नुभयो र फेरि नेतृत्व गर्छु भयो । उनले प्रतिक्रिायवादीले मृत्युदण्ड घोषणा गरेका, १४ वर्ष जेलमा बिताएका र सँगसँगै संघर्ष गरेका व्यक्ति केपी अोलीलाई साथीको व्यवहार समेत नगरेको भन्दै रोष प्रकट गरे ।
गौतमले महाधिवेशनबाट ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउनुपर्ने भन्दै अध्यक्षको दाबी छाड्न पनि नेपाललाई आग्रह गरे । आठौं महाधिवेशनमा झलनाथ खनालविरुद्ध अध्यक्षमा उठ्न उक्साउने नेपालले अहिले ओलीसँगै प्रतिस्पर्धा गर्न खोज्नुलाई उनले आश्चर्यजनकको संज्ञा दिए ।
माधव नेपालले चरम पदलोलुपता देखाएको आरोप पनि उनले लगाए । गौतमले महाधिवेशनले देशभर एकताको सन्देश दिनुपर्ने भन्दै एकताका लागि अपिलसमेत गरे ।