साहनाको उपचार खर्च सरकारले व्यहोर्ने

काठमाण्डु टुडे २०७१ जेठ २६ गते ८:५८ मा प्रकाशित

काठमाण्डु, २६ जेठ– प्रधानमन्त्री सुशील कोइरालाले एमाले नेतृ सहाना प्रधानको उपचार खर्च व्यहोर्न सम्वद्ध निकायलाई निर्देशन दिएका छन् ।
Sahana_Pradhan(2)प्रधानमन्त्रीको निर्देशनमा सरकारका निमित्त मुख्यसचिव कृष्णहरि बाँस्कोटाले प्रधान उपचाररत बल्खुस्थित बयोधा अस्पताल पुगी उक्त जानकारी गराएका हुन् ।

बाँस्कोटाले उनका सुपुत्र उमेश श्रेष्ठलाई भेटी नेत्री प्रधानको उपचार खर्च सरकारले व्यहोर्ने बताएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता क्षेत्रबहादुर भण्डारीले विज्ञप्तिमार्फत जनाएका छन् ।

विज्ञप्तिमा जनाइएअनुसार बास्कोटाले प्रधानको उपचारमा संलग्न चिकित्सक डा. विनोद कार्कीलाई भेटी उपचारमा कुनै कमजोरी हुन नदिन प्रधानमन्त्री कोइरालाले पठाएको सन्देश भनेका थिए ।
बास्कोटाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा प्रवीण मिश्रलाई प्रधानमन्त्रीको निर्देशनअनुसार उपचारको सबै प्रबन्ध मिलाइन निर्देशन दिए ।

स्वास्थ्यमा गम्भीर समस्या आएपछि नेत्री प्रधानलाई शुक्रबार अस्पताल भर्ना गरिएको थियो । प्रधानलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको छ । उनको मस्तिष्कमा रगत जमेको तथा हाडजोर्नी तथा फोक्सोमा समेत संक्रमण रहेको अस्पतालले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us