कुटेर सुध्रिंदैनन् बालबालिका

काठमाण्डु टुडे २०७१ जेठ २६ गते ८:४१ मा प्रकाशित

काठमाण्डु– बालबालिकालाई कुटपिट र हप्काएर तह नलाग्ने एक अध्ययनले देखाएको छ ।
punishment‘जर्नल अफ फ्यामिली साइकलोजी’ मा प्रकाशित अध्ययन प्रतिवेदनले कुटाइले बालबालिकाको व्यवहारमा परिवर्तन आउनुको साटो थप आक्राकमता बढ्ने औंल्याएको छ ।

‘बालबालिकालाई जति पिट्यो वा गाली गरेर दबाबमा राख्न खोज्यो, उनीहरुमा थप आक्रामकता बढ्छ’, प्रतिवेदनमा भनिएको छ । अध्ययनका अनुसार, विश्वका हरेक स्थानमा बाबुआमाले सुध्रिउन भन्ने हेतुले छोराछोरी कुट्ने गरेका छन् ।

बालबालिकालाई कुट्नु हुँदै भन्ने बुझेका बाबुआमाले समेत त्यस्तो गर्ने गरेको प्रतिवेदनको निष्कर्ष छ । जर्नलका अनुसार छुट्टाछुट्टै ३३ वटा परिवारमा ६ दिनसम्म भ्वाइस रेकर्डर लगाएर अनुसन्धान गरिएको थियो ।

त्यसरी गरिएको अध्ययनमा ६ दिनमा एउटा बच्चालाई ४१ पटकसम्म कुटिएको पाइएको छ । अध्ययनले यो पनि देखाएको छ कि ७५ प्रतिशत बालबालिका कुटाइ खाएको १० मिनेटमै फेरि बदमासी सुरु गर्छन् । अध्ययनले धेरै कुटपिटमा पार्ने बालबालिकामा व्यवहारजन्य कमजोरी बढी हुने र पछि गएर उनीहरुमा डिप्रेशनसमेत हुन सक्ने निष्कर्ष निकालेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us