
काठमाण्डु, २६ जेठ– उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सहकारी संस्थालाई ‘दलालहरुको संस्था’ भएको अरोप लगाएका छन् ।
काठमाण्डुको राष्ट्रिय सभागृहमा सोमबार आयोजित घरेलु तथा साना उद्योग महासंघको २१ औं साधारणसभालाई सम्बोधन गर्दै गौतमले सहकारीले जनताबाट २० देखि २५ प्रतिशतसम्म ब्याज असुलेर ठगी धन्धा चलाएको आरोप लगाए ।
जनता ठग्ने सहकारीहरु बन्द गरिनुपर्ने उनको भनाइ थियो । ‘सहकारीले २० देखि २५ प्रतिशतसम्म ब्याज लिएर जनता ठगिरहेका छन्’, गौतमले भने, ‘यस्ता ठग र दलालहरुको सहकारी बन्द हुनुपर्छ ।’
एमाले उपाध्यक्ष र किसान महासंघका अध्यक्षसमेत रहेका गौतमले श्रम नगर्नेहरु एमाले कार्यकर्ता हुन नसक्ने बताए ।