श्रीमतीलाई नेपालमै छाडेर जन्म दिन मनाउन अष्ट्रेलिया गए राजेश हमाल

काठमाण्डु टुडे २०७१ जेठ २६ गते ४:१५ मा प्रकाशित

काठमाण्डु, २६ जेठ– अभिनेता राजेश हमालले आज आफ्नो ५० औं जन्मदिन मनाउँदै छन् ।
rajesh hamalजन्मदिन मनाउन उनी केही कलाकारका साथ अष्ट्रेलिया पुगेका छन् । तर उनले जन्मदिनमा नवविवाहिता श्रीमती मघु भट्टराईलाई लगेका छैनन् ।

गत १० जेठमा विवाह गरेका हमाल त्यसको एक साता पनि नबित्दै श्रीमती छाडेर अष्ट्रेलिया पुगेका थिए । हमाल अहिले अष्ट्रेलियाका विभिन्न स्थानको भ्रमणमा छन् । हमालले फेसबुकमा पानी पिएको देखि खाना खाएको, कार्यक्रममा नाचेको र फ्यानहरुका साथ बर्थ डेको अग्रिम पार्टीमा सहभागी भएको तस्वीरहरु राखेका छन् ।

फेसबुक स्टाटसमा उनले आफ्नो जन्मदिन सिड्नीमा मनाउने उल्लेख गरेका छन् । यसअघि उनले दिउँसोमा आफ्नो जन्मदिन जोरपाटीस्थित एक अनाथाश्रम र राति तत्कालीन प्रेमिका र हालकी श्रीमती मधुसँग सुटुक्क मनाउने गरेका थिए ।

तर विवाह भएको पहिलो वर्षमै आफूलाई नेपालमा छाडेर जन्म दिन मनाउन राजेश विदेश गएपछि मधु तनावमा रहेको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us