विमानस्थलमा चरमपन्थी आक्रमण, २३ को मृत्यु

काठमाण्डु टुडे २०७१ जेठ २६ गते ३:३७ मा प्रकाशित

काठमाण्डु, २६ जेठ– पाकिस्तानको राजधानी कराँचीस्थित कायदे आजम जिन्ना अन्तर्राष्ट्रिय विमानस्थलमा चरमपन्थी समूहले आक्रमण गरेको छ ।

akramanचरमपन्थी समूहले विमानस्थलभित्रको दुईवटा भवनलाई नियन्त्रणमा लिएर आक्रमण गरेको अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणकारी र सुरक्षाकर्मीबीच पाँच घण्टासम्म लगातार भिडन्त भएको थियो ।

भिडन्तका क्रममा २३ जनाको ज्यान गएको छ । भिडन्तमा १३ सुरक्षाकर्मी र १० आक्रमणकारी मारिएका छन् । अरु १८ जना घाइते छन् ।
akraman 2पाकिस्तानी सेनाका जनसम्पर्क प्रमुख असीम बाजोहले स्थिति पूर्ण रुपमा नियन्त्रणमा आइसकेको बताएका छन् । यद्यपि विमानस्थल भने बन्द गरिएको छ । यात्रुहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।

आक्रमणमा विमानस्थलमा रहेका विमानमा भने कुनै क्षति नभएको सेनाले जनाएको छ । आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us