
काठमाण्डु, २५ जेठ– नेपाली काँग्रेस सम्वद्ध जनसम्पर्क न्यूयोर्क च्याप्टर अध्यक्षमा विश्वराज बास्तोला चयन भएका छन् ।
न्यूयोर्क लङ आइल्यान्ड च्याप्टरको पहिलो अधिवेशनले बास्तोलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा विनोद थापा, होम गौतम र चित्रबहादुर केसी, महासचिव विनिता भुजेल, सचिवमा सोमना हुमागाईं र कोषाध्यक्ष संचिता थापा निर्वाचित भएका छन् । सदस्यहरुमा शिवबहादुर बानिया, विदुर सापकोटा, प्रवीण गौतम र दीपक पन्त छन् ।