अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा २७ देशका १०३ चलचित्र प्रदर्शन हुँदै

काठमाण्डु टुडे २०७१ जेठ ३० गते ३:३१ मा प्रकाशित

काठमाण्डु, ३० जेठ –, जेठ २९ गतेदेखि सुरु भएको आठौँ नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव भोलि सम्म चल्ने भएको छ ।

काठमाण्डौको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा सञ्चालन भइरहेको महोत्सवलाई इन्डिजिनियस फिल्म अर्काइभ आइफाले आयोजना गरेको हो ।

flimमहोत्सवमा आदिवासी जनजातिसम्बन्धी विश्वका थुप्रै विषयवस्तुको चलचित्र, छोटा चलचित्र, वृत्तचित्र, एनिमेसन एवम् म्युजिक भिडियो प्रदर्शनी  गरिएको आइफाले जनाएको छ ।
सो अन्तर्गत यस पटक अन्तर्राष्ट्रिय क्षेत्रबाट २७ देशका १०३ चलचित्र प्राप्त भएका छन् । तीमध्ये १८ देशका ३६ लामा चलचित्र महोत्सवका लागि चयन गरिएको छ ।

नेपालबाट १३ जाति–जनजातिका २७ छोटा, लामा चलचित्र, वृत्तचित्र एवम् म्युजिक भिडियो महोत्सवमा राखिएको  छ ।
महोत्सवका संयोजक सञ्जोग लाफामगरले महोत्सव ल्याटिन अमेरिकी सिनेमा केन्द्रित रहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय चलचित्रबीच हुने प्रतिस्पर्धामा उत्कृष्टले ‘गोल्डेन ड्रम’, द्वितीयले ‘सिल्भर ड्रम’, तृतीय र जुरी अवार्ड प्राप्त चलचित्रले  ‘ब्रन्ज ड्रम’ प्राप्त गर्नेछन् ।
नेपाली पानोरमा चलचित्र अन्तर्गत उत्कृष्ट हुनेले पनि नगद र प्रमाणपत्र प्राप्त गर्ने स्रोतले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us