
काठमाण्डु २५ जेठ– शनिबार साँझ इराकको राजधानीे बगदादमा एक घण्टाभित्र शहरको आठ भिन्न ठाउँमा बम बिष्फोट भएको छ ।
बिष्फोटमा परी ५० जनाभन्दा बढी हताहत हुनुको साथै थुप्रै घाइते भएका छन् ।
धेरैजसो आक्रमण शिया इलाकालाई लक्षित गरी गरिएको जनाइएको छ ।
त्यस्तै शुक्रबार चरमपन्थीहरुले इराकको पश्चिमी शहर अनबालस्थित एक विश्वविद्यालय घेराउ गरेर दर्जनौँ विद्यार्थीहरु बन्धक बनाएको थियो ।
शुक्रबार मोसुलमा भएको हमलामा पनि दर्जनौँको मृत्यु भएको थियो ।
यस्तो विष्पोट तथा आतंक इराकमा पछिल्लो दशकमा भएको जातीय संघर्षपछिको ठूलो हिंसा हो, जसले फेरी इराकलाई आतंकित बनाएको छ ।
संयुक्त राष्ट्र संघका अनुसार त्यहाँ सन् २००७ पछि पोहोरको वर्ष मात्रै ८,००० भन्दा बढीको मृत्यु भएको थियो ।
सरकारले भने छिमेकी मुलुकमा चलेको संघर्षको प्रभावले आतंक बढ्नुमा सुन्नी चरमपन्थीहरुलाई दोषी ठहर्याएको छ ।
तर आलोचकहरुले भने प्रधानमन्त्री नूरी अल मलिकीलाई सुन्नी अल्पसंख्यकहरुमा भावनात्मक दरार उत्पन्न गराएको आरोप लगाउँदै आएका छन् ।