कसैले समानान्तर कमिटी बनाएको भए त्यो सफल हुँदैन: प्रचण्ड

काठमाण्डु टुडे २०७१ जेठ २५ गते ४:५२ मा प्रकाशित

एमाओवादी र नेकपा–माओवादीबीच पार्टी एकताको चर्चा चलेको धेरै भइसक्यो । यसबारेमा ठोस प्रगति केही भएको छ कि ?
prachandaएकताका बारेमा चर्चा, छलफल त चलेकै छ तर, पार्टी एकता गर्ने भन्ने कुरा धेरै गम्भीर हो । यससँग सम्बन्धित वैचारिक, राजनीतिक कार्यदिशाका प्रश्नमा एकरुपता ल्याउने कुरा धेरै कठिन छ । यी विषयहरुमा छलफल नगरी हतारमा वा हचुवामा पार्टी एकता गरियो भने पनि त्यो दिगो नहुने हुन्छ ।

तर, यसो भनेर इतिहासको यो विन्दुमा सबै माओवादी क्रान्तिकारीहरु फेरि एकताबद्ध हुनुपर्ने र एउटा अभियानमा अगाडि बढ्नुपर्ने आवश्यकतालाई कम गर्नु पनि विल्कुल हुादैन । पार्टी विभाजित भएको करिव दुई वर्षको घटनाक्रमले के पुस्टि गऱ्यो भने यो विभाजनले राष्ट्र, जनता, वर्ग र क्रान्तिलाई फाइदा भएन ।
नेतृत्व तहबाट मनोगत प्रकारको गल्ती, कमजोरी भयो ।

त्यसको आत्मसमीक्षा आ–आफ्नै ढंगले चलेको म देख्छु । र, एकता वस्तुगत आवश्यकता हो भन्ने बोध पनि दुवैतिरको नेतृत्व र सबै माओवादी धाराका नेतृत्वमा भएको देख्छु मैले । त्यसकारण सचेत पक्षको भूमिका भनेको यो ऐतिहासिक आवश्यकता परिपूर्ति गर्न वैचारिक, राजनीतिक कार्यदिशाको विकास गर्ने हो । पुरानैमा अडिएर पनि हुादैन । त्यसलाई नयाा स्तरमा विकसित गर्ने, त्यही स्तरमा संश्लेषित गर्ने, जनता, वर्गको चाहना र क्रान्ति र राष्ट्रको आवश्यकता भनेको एकताबद्ध हुनु नै हो ।
वैचारिक, राजनीतिक कार्यदिशाको विकास गर्ने भन्नुभयो ।

नेकपा–माओवादीले नयाँ जनवादी क्रान्तिको कार्यदिशा समातेको छ र एमाओवादीले समाजवादी कार्यदिशा अपनाएको छ । यसले त एकतालाई नजिक ल्याउँदैन । यी दुई कार्यदिशाको मिलनविन्दु हुन सक्छ ?

वैचारिक, राजनीतिक कार्यदिशामा सापेक्षिक एकरुपता नभइकन अगाडि बढ्न सकिंदैन । तर, अहिलेको अवस्था हेर्दा एकरुपतामा पुग्न सकिन्छ भन्ने मलाई लाग्छ । जनयुद्ध र जनआन्दोलनको बलमा, मुख्यत: जनयुद्धको बलमा महत्वपूर्ण राजनीतिक परिवर्तन भएको छ । सामन्तवादको राजनीतिक प्रतिनिधि संस्था अन्त्य भएर गणतन्त्र आउनु पुँजीवादी जनवादी क्रान्तिको दृष्टिले महत्वपूर्ण उपलब्धि हो । धर्मनिरपेक्षता महत्वपूर्ण उपलब्धि हो । संघीयता, समावेशी, समानुपातिकको विषय पनि महत्वपूर्ण उपलब्धि हो भन्ने कुरामा विमति छैन ।
एकीकृत माओवादीले नयाँ जनवादी क्रान्ति पूरा भइसक्यो, यसको आवश्यकता छैन, अब समाजवादी क्रान्ति मात्रै हो भनेर त भनेको छैन । हेटौंडा महाधिवेशनले जनवादी क्रान्तिका कार्यभार पनि बााकी छन्, ती कार्यभार पूरा गर्दै माथि, तलको हस्तक्षेप बढाउँदै समाजवादी क्रान्तिको तयारी र त्यसको रणनीतिमा जानुपर्छ भनेर भनेको छ । र, अर्काे माओवादीले पनि दश वर्षको जनयुद्धले केही पनि उपलब्धि ल्याएको होइन, परिवर्तन गरेको होइन त भनेको छैन । दुवैबीच छलफल गरेर एकरुपतामा कार्यदिशा ल्याउने सम्भावना छ । क्रान्तिकारीहरुले त्यतैतिर प्रयत्न गर्नुपर्छ ।
नेकपा–माओवादीले एकताका लागि छ बुँदे सर्त अगाडि सारेको छ । यसलाई कसरी लिनुभएको छ ?
यसबारेमा छलफल  भइरहेको छ । मिडियामार्फत् यो कुरा आएको छ । यसको आधिकारिक रुपमै जवाफ दिने तयारीमा छौं । जे भए पनि त्यो छ बुँदे एकतामा आउनुपर्छ भन्ने भावका साथ आएकाले हामीले त्यसलाई सकारात्मक नै मानेका छौं ।
एमाओवादीभित्र नवउदारवाद र माक्र्सवादको संयोजन गर्नुपर्छ भन्ने चर्चा पनि चलाइदैंछ । यसले त एकताको सम्भावनालाई टाढा लैजाँदैन र ?
नवउदारवाद र माक्र्सवादको संयोजन गर्नुपर्छ भन्ने एमाओवादीभित्र बहस चलेको छ भन्ने कुरा सत्य होइन । हेडक्वार्टरदेखि कुनै पनि कमिटीमा यसबारेमा छलफल भएको होइन ।
एक साप्ताहिक पत्रिकामा बाबुराम भट्टराईको भनेर यो विषय आएको साँचो हो । यो विषयमा बाबुरामसँग सोध्दा यो लेख होइन, बोलेको कुरालाई आधार बनाएर पत्रकारले लेख बनाइदिएको हो भन्नुभयो । आफूले माक्र्सवादकै विकास गर्ने कुरा गरेको भनेर बाबुरामले भनिरहनु भएको छ । उहाँले नै पार्टीमा होइन भनेपछि सकिइहाल्यो ।
नवउदारवाद र माक्र्सवादलाई मिलाउने भन्ने माक्र्सवादविरोधी कुरा हो । यो वर्गसंघर्षको हिसाबले बेठिक छ । यो कुनै नयाँ कुरा होइन । यो धेरै पहिले नै नववामपन्थको रुपमा, युरो कम्युनिज्मको रुपमा कुख्याती कमाइसकेको विचार हो ।
असहमतिकै बीचमा पदाधिकारी चयन गर्नुभयो । यसले थप विवाद सिर्जना गरेको देखियो नि ?  
पार्टी पुन:निर्माणका सन्दर्भमा संविधानसभाको निर्वाचनपछि लामो समय केन्द्रीय समितिको बैठक बस्यो र विगतमा गम्भीर गल्ती भए भन्नेमा हामी पुग्यौं । पार्टीलाई फेरि पनि माक्र्सवादी लेनिवादी माओवादी धाराको रुपमा क्रान्तिकारी गतिमा नै पार्टीको पुन:निर्माण गर्नुपर्छ भन्ने एउटा पक्ष रह्यो । अर्काे पक्षबाट पार्टी अझै लेफ्ट भएकाले यसलाई सच्याएर जानुपर्छ भन्ने कोणबाट पनि कुराहरु आए ।
पार्टी पुन:निर्माणको एउटा अंगको रुपमा जनवादी केन्द्रीयताको नयाँ परीक्षणको रुपमा निर्वाचनबाट पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो बनाउने भन्नेतिर हामी गयौं । विडम्बनाको कुरा के छ भने जो कमरेडहरु सबैभन्दा बढी निर्वाचनबाट नेतृत्व चयन हुनुपर्छ भन्नुहुन्थ्यो, उहाँहरु चाहिं निर्वाचनबाट पञ्छिनुभयो । बुर्जुवा डेमोक्रेसीमा जस्तै भन्दा डेमोक्रेसी र गर्दा अर्कै भनेजस्तो भयो । निर्वाचनमा सहभागी नभएका साथीहरुलाई पनि विवेक प्रयोग गरेर जिताइएको छ । अहिले उहाँहरुले पद नस्वीकारे पनि जिम्मेवारी स्वीकार्नुभएको छ ।
अहिले पार्टीभित्र पार्टीको अभ्यास फेरि सुरु भएजस्तो छ । पार्टीभित्रका असन्तुस्ट पक्षले समानान्तर ढंगले कमिटी चलाएको चर्चा छ नि ?       
एकीकृत माओवादीभित्र त्यस्तो भएको छैन । मैले सम्बन्धित कमरेडहरुसँग कुरा गर्दा त्यो होइन भन्दै केही कमरेडहरुको सुझाव आएको हो भन्नुभएको छ । हामी सामूहिक रुपमा प्रशिक्षणको कार्यक्रम लिएर जिल्लाजिल्ला जाँदैछौं । कसैले समानान्तर रुपमा समिति बनाउन खोजेको हो भने त्यो सफल हुँदैन ।
हामी माओवादी धारामा के देखिन्छ भने ससाना समूहमा पनि बहस, विवाद छन् । झमेला छन् । त्यसैले वैचारिक, राजनीतिमा बहस केन्द्रित गरेर बृहत्तर एकता गरेर नै सबै समूहमा रहेका किचलोलाई पनि व्यवस्थापन गर्न सक्छौं र गर्नुपर्छ । यहाँ एमाओवादीभित्रको मात्र कचिंगलको कुरा होइन ।
सत्य कुरा के हो भने वर्गसंघर्षको गत्यावरोधको हरेक साना ठूला पार्टीहरुमा प्रतिविम्ब परेको छ । त्यति ठूलो त्याग र बलिदानबाट त्यति ठूलो आन्दोलन भएको थियो, फेरि जनता, वर्ग, राष्ट्रलाई केन्द्रमा राखेर अगाडि जानुको विकल्प छैन । त्यतैतिर पहल बढाउन आवश्यक छ ।
संविधानसभाबाट संविधान बन्ने सम्भावना कत्तिको छ ? यसले पनि माओवादीबीचको एकतालाई धेरै हदसम्म निर्धारण गर्ला नि ?   
धेरै लचिलो भएर प्रस्तुत हुँदा पनि संविधानसभाबाट अघिल्लोपटक संविधान बन्न सकेन । खासगरी राज्यको पुनर्संरचनाको विषयलाई लिएर संविधान बन्न सकेन । अहिले पनि संविधान बनिहाल्ने ग्यारेण्टी देखिएको छैन । झन् यसपटक त यथास्थितिवादी, परिवर्तनविरोधीहरु संविधानसभामा जिताइएको, जितेको स्थितिमा जनताको पक्षमा संविधान बन्छ भन्ने र भरोसा गर्ने अवस्था छैन ।
एउटा स्थितिमा संविधान बन्नसक्छ । माओवादीहरु एकताबद्ध भई संविधानको अन्तरवस्तुमा सहमत भएर सर्वदलीय सभा गर्ने, सडक र सदनबाट सशक्त दबाब दिने हो भने प्रगतिशील संविधान बनाउने सम्भावना कत्ति पनि छैन भनेर इन्कार गर्नु पनि उचित होइन ।
एक समय पार्टी र आन्दोलनको नेतृत्व गरेको शक्तिशाली नेता, आज कमजोर हुँदा कस्तो महसुस हुन्छ ?

यो चाहिं व्यक्ति विशेषको भन्दा पनि समग्र आन्दोलन, राष्ट्रिय अन्तर्राष्ट्रिय आन्दोलनकै बारेमा हेरिनुपर्छ । यसो भनेर मैले आफ्नो भूमिकाको मूल्यांकन गर्नुहुन्न भन्न खोजेको होइन । विद्रोहको क्षणमा हामी सापेक्षित सफल बनेका थियौं । उपलब्धिलाई संस्थागत गर्ने पछिल्लो क्षणमा हामीले कहीं न कहीं गल्ती गऱ्यौं । परिणाममा जनताको विश्वासको मात्रा पनि घटेको छ । पार्टी विभाजन भयो । कार्यकर्तामा निराशा, कुण्ठा देखिएको छ । यो क्षण नमिठो वा नकारात्मक छ । समग्र समीक्षा गरेर देश, जनता, वर्गका निम्ति फेरि एकपटक संश्लेषण गरेर नयाँ अभियान चलाउनुको विकल्प छैन ।
वर्गसंघर्ष र पार्टी सुदृढ गर्ने सवालमा तपाईंको मार्गचित्र छोटकरीमा बताइदिनुस न ?
विगतका गल्ती कमजोरीलाई गम्भीर आत्मसमीक्षा गरेर पार्टीलाई सुदृढ गर्न सकिन्छ । मालेमावाद, सर्वहारा वर्ग दृष्टिकोणमा स्खलन आएका कारण यो अवस्था आएको हो । त्यसको जिम्मेवारी हामीले लिनुपर्छ । अझ मुख्य नेतृत्व हुनुको नाताले मैले यसमा बढी जिम्मेवारी लिनुपर्छ । क्रान्तिकारी ढंगले नै अगाडि जानुपर्छ । क्रान्तिकारी भन्नाले ठोस परिस्थितिको ठोस विश्लेषण गर्नुपर्छ ।

वर्ग र क्रान्तिलाई केन्द्रमा राखेर पहल गरिनुपर्छ र मैले यसको लागि पहल गरिरहेको छु । वर्गीय पक्षधरता र वर्गीय निष्ठामै गम्भीर स्खलन भएको भनेर हामीले निश्कर्ष निकालेका छौं । हामीले वर्गसँग सम्बन्ध सुधार्न लाग्नुपर्छ ।
राष्ट्रिय स्वाधीनतामा पनि कमजोरी भयो । वर्गीयता र राष्ट्रिय स्वाधीनतालाई केन्द्रमा राखेर नै पार्टी निर्माण गर्नुपर्छ । नयाँ संश्लेषणका साथ बृहत् हितका निम्ति फेरि हामीले एकपटक नयाँ अभियानमा लाग्ने हो भने नयाँ ठाउामा पुग्न सकिनेछ ।
(नयाँ जनदिशाबाट)

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us