
काठमाण्डु, २५ जेठ –गायक तथा नायक यश कुमारलाई मातृ शोक परेको छ । यशको ८१ वर्षीय आमाको शुक्रबार बिहान निधन भएको हो । ‘व्रेन ह्याम्ब्रेज’ भएपछि तीन दिन अगाडी यश आमालाई वीर अस्पतालको आइसियुमा भर्ना गरिएको थियो ।
यशकुमारले आफ्नी आमाको निधन भएको दुःखद खबर सुनाए । उनले आमाको दुःखद निधनका कारण यसै साता हुने दार्जिलिङको साँगीतिक कार्यक्रम पनि रद्द हुन गएको बताए । यश जाने दार्जिलिङको कार्यक्रमको टिकट समेत बिक्रि भैसकेको थिाये ।
आमाको निधनसँगै यशले निर्माण गर्ने ‘बाटो मुनिको फूल २’ को छायाँकन मिति पनि धकेलिएको छ । भदौमा छायाँकन सुरु गर्ने भनी यो फिल्मको तयारी भईरहेको थियो ।
आफ्नै कथामा निर्देशक नवल नेपाललाई निर्देशक लिएर यश ‘बाटो मुनिको फूल २’ निर्माण गर्ने तयारीमा छन् । जहाँ यश र बाबु बोगटीको अभिनय रहनेछ । अन्य दुई हिरोइन फाइनल हुने क्रममा छन् ।