नेपाल विश्व सहयोग संघको अधिवेशन सम्पन्न

काठमाण्डु टुडे २०७१ जेठ २४ गते १२:२३ मा प्रकाशित

यूएई– नेपाल विश्व सहयोग संघ युएईको प्रथम अधिवेशन सम्पन्न भएको छ ।
aaaयूएईको बरदुवईस्थित एभेरेस्ट होटलमा गत शुक्रबार सम्पन्न अधिवेशनले दिपकराज पौडेलको अधक्ष्यता रहेको पूरानो कार्यसमितिलाई विघटन गर्दै गोविन्द ढकालको अध्यक्षतामा  नयाँ कार्यसमिति गठन गरेको छ ।
गोविन्द ढकालको अध्यक्षतामा गठित नयाँ कार्यसमितिका उपाध्यक्षमा अर्जुन शर्मा पौडेल, महासचिवमा शिव पोखरेल, सचिवमा होमनाथ न्यौपाने, सह–सचिमा मनोज भण्डारी, कोषाध्यक्ष वेदबहादुर थापा र सह–कोषाध्यक्ष भगवती न्यौपाने छन् । यस्तै सदस्यमा केदार लम्साल, राम चौरासिया, रघुनाथ ढुंगेल, नारायण शर्मा पौडेल चयन भएका छन् ।
अधिवेशन केन्द्रीय प्रतिनिधिका रुपमा संघका मध्यपूर्व तथा अफ्रिकी क्षेत्रका संयोजक महाप्रसाद धितालको उपस्थितिमा सम्पन्न भएको थियो ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष ढकालले विश्व सहयोग संघका सस्थापक अध्यक्ष मणि पनेरु नेपालीले पठाएको शुभकामना वक्तव्य बाचन गरेर सुनाएका थिए ।

कार्यक्रममा नेपाली समाज युएईका अध्यक्ष ज्ञानेन्द्र कार्की जनप्रगतिशील मञ्च युएईका अध्यक्ष हेमन्त पौडेल, जनसम्पर्क समिति युएईका अध्यक्ष चित्र केसी, अर्घाखाची सम्पर्क समिति युएईका अध्यक्ष राजु खड्का, गोर्खा सेवा समाज युएईका अध्यक्ष भिम श्रेष्ठ, मगर संघ युएईका गिरमान थापा लगायतले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।
कार्यक्रममा युएईमा रहेका स्थानीय कलाकार सुदिप गैरे, निश्चल श्री, सन्तोष थापा र आयुस चापागाईंले आ–आफ्नो प्रस्तुति देखाएका थिए ।

नवनिर्वाचित अध्यक्ष ढकालले अधिवेशन सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आफ्नो कार्यकालमा संस्थाको मूल्य र मान्यताअनुरुप जनहितका पक्षमा गर्ने प्रतिबद्धता जनाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us