शंका गर्नेलाई विर्सने रोग लाग्ने खतरा

काठमाण्डु टुडे २०७१ जेठ २४ गते ६:३८ मा प्रकाशित

Forgetअरुलाई तीब्र अविश्वास सहित शंकागर्ने र अरुको उद्देश्य सँधै स्वार्थी नै हुन्छ भनेर सोच्नेलाई विर्सने रोगडिमेन्सिया हुने खतरा बढि हुने एउटा अध्ययनले देखाएको छ।अध्ययन ६२२ जना स्वयंसेवी मानिसहरुमा गरिएको थियो।

अध्ययनकर्ताहरुले ति मानिसमा रहेको शंकालुपनको तहलाई डिमेन्सियासँग जाँच्ने प्रयास गरेका थिए।उनीहरुले भनेका छन्, अरुलाई अति अविश्वास गर्नेहरुमा डिमेन्सिया रोग लाग्ने खतरा दोब्बर हुन्छ।विशेषज्ञहरु भन्छन्, डिमेन्सिया रोग बुझ्न मद्दत गर्ने यस्ता अध्ययनहरु महत्वपूर्ण हुन्छन् तर अझ वृहत अध्ययनहरु हुन बाँकी छ।

डिमेन्सिया रोग लागेमा व्यक्तिको स्मरण शक्तिमाकमी आउने, सोच्ने गति, मानसिक उर्वरता, भाषा र बुझाइ तथा न्याय गर्नेक्षमतामा ह्रास आउँछ।ब्रीटेनस्थित अल्जाइमर्स सोसाइटीका अनुसार ब्रीटेनमा ६५ वर्ष नाघेका तीन मध्ये एकमा डिमेन्सिया लाग्छ।

सन १९९८मा सरदर उमेर ७१ भएका स्वयंसेवीहरुलाई दुइवटा वाक्यहरु दिइएको थियो।ति वाक्यहरु थिए “मेरो विचारमा मानिसहरु अघिबढ्नलाई झुठ बोल्छन्” र “अरुलाई विश्वास नगर्नु नै सुरक्षित हुन्छ” भन्नेवाक्यांशलाई नम्बर दिन भनिएको थियो।डिमेन्सियारोग लागेमा व्यक्तिको स्मरण शक्तिमा कमी आउने, सोच्ने गति, मानसिकउर्वरता, भाषा र बुझाइ तथा न्याय गर्ने क्षमतामा ह्रास आउँछ।

युनिभर्सिटि अफ इस्टर्न फिनल्याण्डका वैज्ञानिकहरु भन्छन्, ति मध्ये ४६ जनामा त्यसपछिको दशकमा डिमेन्सिया भएको थियो।

तीब्र नकारात्मक र शंकालु विचार राखेका १६४ मध्ये १४ जनामा डिमेन्सिया भयो र कम शंकालु २१२ मध्येका नौ जनामा डिमेन्सिया भएको थियो।डा आना माइजा टोलप्पानेनले उक्त अध्ययनको नेतृत्व गरेकी थिइन्।उनले भनिन् यि परिणामले मानिसहरुको जीवन र व्यक्तित्वप्रतिको दृष्टिकोणले उनीहरुको स्वास्थ्यमा असर पर्छ भन्ने प्रमाण थप भएको छ।उनले परिणामबारे थप विश्लेषण गर्दै भनिन्, डिमेन्सियाको सबभन्दा ठूला खतरा चाहिँ उमेर नै हो।

डा टोलप्पानेनले भनिन्; विभिन्न व्यक्तित्वकामानिसहरु दिमागका लागि फाइदाकारी हुने विभिन्न गतिविधि र स्वस्थ्य खानेकुरातथा सामाजिक बौद्धिक गतिविधिमा कम या बढि संलग्न हुने गर्छन्।उनले थप भनिन् हाम्रो व्यक्तित्व हाम्रोमस्तिष्कको भौतिक स्वरुप या त्यसभित्रको तत्वमा आएको परिवर्तनले हाम्रोव्यक्तित्व प्रस्तुत हुन सक्छ। र मस्तिष्कमा भएको संक्रमणले पनि शंका रनराम्रो स्वास्थ्य स्थिति दर्शाउँछ।

तर अध्ययनले अन्य सामाजिक आर्थिक कारकहरु उमेर यौनस्वास्थ्य स्थिति चुरोट या रक्सी पिउने जीवनशैली जस्ता कारकलाई अध्ययनमानसमेटेको उनले बताइन्।यो अध्ययनबाट प्राप्त तथ्यलाई वृहत रुपमा अध्ययनमा लैजानु असाध्यै महत्वपूर्ण छ।

एल्जाइमर्स रिसर्च युकेका प्रमुख डा सिमन रिडलेलेभने डिमेन्सिया ग्रस्त मानिसको संख्या बढ्दै गएको सन्दर्भमा यो रोगलाई केले असर पार्छ भन्ने प्रमाण जुनसुकै थपिए पनि फाइदा हुन्छ।

यो अध्ययनमा संलग्न थोरै मानिसहरुमा मात्रैडिमेन्सिया भएकाले उनले अझ ठूलो अध्ययन भएदेखि रोग र शंकालुपनको प्रस्तावितसम्बन्धमा अझ विश्वस्त हुन सकिने बताए।

डा रिड्लेले भने अरुका प्रति तीब्र अविश्वासगर्नेहरुमा डिमेन्सिया शुरु भइसकेको पनि हुनसक्छ। र त्यो खतराको कारक याडिमेन्सियाको लक्षण दुवै हुनसक्छ।उनले थपे डिमेन्सियामा अहिलेसम्मको सबभन्दा ठूलो खतरा भने उमेर नै हो। BBC Nepali Service

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us