अर्घाखाँचीमा कसरी खसेछ जहाज ?

काठमाण्डु टुडे २०७१ जेठ २३ गते १:२९ मा प्रकाशित

plan Nacकाठमाण्डु, २३ जेठ – नेपाल वायुसेवा निगमको ट्विनअटर जहाज दुर्घटना पाइलटको कमजोरीले भएको जाँचबुझ आयोगले निष्कर्ष निकालेको छ ।

फागुन ४ मा अर्घाखाँचीको मसिनलेकमा निगमको ९ एन ९ एबीबी कल साइनको जहाज दुर्घटना भएको थियो । छानबिन समितिले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भीम आचार्यलाई प्रतिवेदन बुझाएको छ । पाइलट र को –पाइलटबीच सामञ्जस्य नहुनु र उडानका क्रममा अलमलिनुले जहाज दुर्घटना भएको प्रतिवेदनको निष्कर्ष छ ।

दुर्घटनामा चालक दलका तीन सदस्य र १५ यात्रुको मृत्यु भएको थियो । आयोगका अध्यक्ष तथा नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरले पाइलट शंकर श्रेष्ठले को – पाइलटले भनेको नमानेको देखिएको बताए । उनल भने ‘निगमले ल्याउन लागेको जहाज उडाउने आसमा पनि उनले निगमका पदाधिकारीको नजरमा राम्रो देखिन खराव मौसममा जहाज उडाएको देखिन्छ । ’

आयोगका सदस्य सचिव बुद्धिसागर लामिछानेले जहाज पाइलटको पूर्ण नियन्त्रण र प्राविधिक अवस्था सामान्य रहे पनि दुर्घटना भएको बताए ।

पोखराबाट जुम्ला जाने क्रममा बीचैमा मौसम बिग्रिएपछि फर्कन लागेको जहाज पहिले नेपालगञ्ज जान खोजेको र देखिएको आयोगले जनाएको छ । ककपिट भ्वाइस रेकर्डअनुसार नघुम्न को –पाइलट रवीन्द्र बञ्जारााले पटकपटक भन्दा पनि क्याप्टेनले मानेनन् ।

जहाज मसिनेलेककमा एक फन्को लगाएर ठोक्किँदा पनि लेक नदेखिएको र त्यहाँको मौसम धेरै खराव भएकोले दुर्घटना भएको आयोगले बतायो ।

आयोगको प्रतिवेदनमा बिमान दुर्घटना अनुसन्धान बिभाग नै गठन गर्नुपर्नेमा जोड दिएको छ । प्रतिवेदन बुझदै मन्त्री आचार्यले आकाश सुरक्षित बनाउने प्रतिवद्धता जनाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us