सप्तरीमा दम्पत्तिको हत्या

काठमाण्डु टुडे २०७१ जेठ २२ गते १५:४६ मा प्रकाशित

सप्तरी, २२ जेठ– सप्तरीको पुरानो सदरमुकाम हनुमान नगरमा एक व्यापारी दम्पत्तिको रहस्यमय हत्या भएको छ ।

हनुमाननगर–५ का ५१ वर्षीय प्रेमसुख बंगवा वंगवानी र ४२ वर्षीय सरुजदेवी वंगवानीको रहस्यमय हत्या भएको हो । हनुमाननगरमा कपडा व्यापार गर्दै आएका वंगवानी दम्पतीको गएराति पसल बन्द गरी आफ्नै घरमा सुतिरहेको बेला हत्या भएको स्थानीयवासीले बताएका छन् ।

बिहान ११ बजेसम्म घरको ढोका नखुलेपछि स्थानीयवासीले घरको छतमा चढेर हेर्दा उनीहरूको हत्या भएको थाहा पाएका थिए । घटनापछि स्थानीयवासीले घटनाको सत्यतथ्य छानविन गर्न माग गर्दर्ै हनुमाननगर बजार बन्द गराएका छन् ।

सप्तरी प्रहरी प्रमुख उपरीक्षक दिनेश अमात्यले घटनाबारे छानविन भइरहेकाले अनुसन्धानका लागि तालिम प्राप्त कुकुरलाई ल्याइएको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us