कानुनविपरीत रकमान्तर नगरिएको अर्थमन्त्रीको दाबी

काठमाण्डु टुडे २०७१ जेठ २२ गते १४:२७ मा प्रकाशित

ramsharanकाठमाण्डु २२ जेठ – अर्थमन्त्री रामशरण महतले अर्थमन्त्रालयले कानुनभन्दा बाहिर गएर कुनै पनि योजनामा रकमान्तर नगरेको बताएका छन् ।

अर्थमन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा महतले भने – ‘यसपटक ३५ अर्बको रकमान्तर भएको छ । यो निरन्तरको कार्य हो, जुन कानुनभन्दा बाहिर होइन ।’

राजनीतिक पूर्वाग्रहमा आधारित भएर रकमान्तरका कुरा उठाइएको उल्लेख गर्दै अर्थमन्त्री महतले सानो आकारको बजेट हुँदा पनि विगतका सरकारले ४५ अर्ब रुपैयाँसम्मको रकमान्तर गरेको विगत नबिर्सन आग्रह गरेका छन् ।

महतले भने ‘रकमान्तरको बहस निरर्थक हो, राष्ट्र र कानुनप्रति मेरो जिम्मेवारी हो त्यसमा म प्रतिबद्ध छु ।’ अर्थमन्त्री डा. महतले जनतामा गइसकेको रकम फिर्ता नहुने भएकाले त्यसलाई चर्काउनेभन्दा सुल्झाउनेतर्फ जानुपर्नेमा जोड दिए ।

महतले संसद्मा अवरोधका कारण जेठभित्र पेस गर्न तयारी गरिएको आगामी आर्थिक वर्षको बजेट ल्याउन ढिलाई हुनसक्ने उल्लेख गरे ।
आगामी आर्थिक वर्षमा आर्थिक वृद्धिमा सुधार आउने विश्वास व्यक्त गर्दै महतले लगानीको वातावरण बन्दै गएको उल्लेख गरे

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us