एमाओवादीको भट्टराई पक्षद्वारा समानान्तर पार्टी गठन

काठमाण्डु टुडे २०७१ जेठ २२ गते १६:०४ मा प्रकाशित

काठमाण्डु, २२ जेठ– एकीकृत नेकपा माओवादीको असन्तुष्ट बाबुराम भट्टराई पक्षले समानान्तर पार्टी संगठन निर्माण गरेको छ ।
baburam_250सो पक्षका केन्द्रीय सदस्यहरुको राजधानीमा हालै बसेको बैठकले समानान्तर पार्टी गठनसहित कार्यविभाजनसमेत गरेको छ । काठमाण्डु टुडेले प्राप्त गरेको गोप्य सर्कुलरअनुसार नेता भट्टराईले पार्टी अध्यक्षसहित सरकार, संविधानसभा र आर्थिक विभाग प्रमुखको जिम्मेवारी लिएका छन् ।

यस्तै भट्टराईपछिको दोश्रो वरियतामा रहेका टोपबहादुर रायमाझीले सदन राजनीतिक परिचालनको जिम्मेवारी पाएका छन् । रायमाझी एकीकृत पार्टीका सचिव हुन् । यद्यपि निर्वाचनमार्फत चुनिएको कुनै पनि पदमा नबस्ने घोषणा भट्टराई पक्षले गरिसकेको छ ।

बाबुराम पक्षले नेता देवेन्द्र पौडेललाई महासचिवको भूमिकामा संगठन विभाग प्रमुख बनाएको छ । यस्तै हिसिला यमीलाई नेवा राज्य संयोजक, महिला र व्यवस्थापन प्रमुख, नवराज सुवेदीलाई पश्चिम, मगरात, थारुवान र वुद्धिजिवी मोर्चा, गंगा श्रेष्ठलाई ताम्शालीङ, किरात र सांस्कृतिक मोर्चा, प्रभु साहलाई भोजपुरा, सदन र मधेसी राष्ट्रिय मुक्ति मोर्चा, बामदेव क्षेत्रीलाई अवध र प्रवास, कुमार पौडेललाई कोचिला, लिम्बुवान र मजदुर तथा लीला थापालाई मगरातर मगर मुक्ति मोर्चाको जिम्मा दिइएको छ ।

रामरिझन यादवलाइृ मिथिला राज्य समिति इन्चार्ज र मधेसी मोर्चा, खगराज भट्टलाई सेतीमहाकाली र भेरी कर्णाली, देवेन्द्र पराजुलीलाई जनवर्गी संगठन र शिक्षाको फ्याक्सन इन्चार्ज, वलावती शर्मालाई एनजिओ/आइएनजिओको जिम्मा तोकिएको छ ।
कल्पना धमला–ताम्शालीङ महिला मोर्चा
हेमराज भण्डारी–किरात/वाइसीएल
सोनामसिंह स्याङतान–ताम्शालीङ/तामाङ मुक्ति मोर्चा
बालकृष्ण ढुंगेल–प्रवास/जनएकता मञ्च
कर्णध्वज केसी–पश्चिम/मगरात/किसान मोर्चा
देवी खड्का–ताम्शालीङ/महिला
राजेन्द्र किराती–किरात/किरात मुक्ति मोर्चा
खिमलाल देवकोटा–नेवा:/प्रचार–प्रसार
सुशीला श्रीपाली–अवध/दलित मोर्चा
घनश्याम यादव–अवध/मधेसी मोर्चा
चिनक कुर्मी–अवध
देवराज रेग्मी–सेती–महाकाली
कृष्ण शर्मा–तमुवान/तमु मुक्ति मोर्चा
श्री जबेगु–लिम्बुवान/सदन
लीला भण्डारी–थारुवान/थारु मुक्ति मोर्चा
यसै गरी सो पक्षले देवेन्द्र पौडेल नेतृत्वको पाँच सदस्यीय संगठन विभागमा पौडेलसहित हिसिला यमी, नवराज सुवेदी, गंगा श्रेष्ठ र प्रभु साह छन् । यस्तै प्रचार–प्रसारमा खिमलाल देवकोटा, बलावती शर्मा, मुक्ति प्रधान, मनऋषि धिताल र अर्जुन थपलिया रहेका छन् ।
उत्पादन तथा निर्माण विभागमा बामदेव क्षेत्री, लीलबहादुर थापा, खगराज भट्ट, सोनामसिंह स्याङतान, शिव बस्नेत, घनश्याम यादव र लीला भण्डारी छन् । केन्द्रीय कार्यालयमा महेन्द्र श्रेष्ठ, फणिन्द्र देवकोटा र राजु नेपाललाई राखिएको छ ।

भट्टराई पक्षले समानान्तर कमिटी निर्माण गरेसँगै एकीकृत माओवादी विभाजनको संघारमा पुगेको छ । सो पार्टीबाट यसअघि बाहिरिएको मोहन वैद्य पक्षले पनि विभाजनअघि समानान्तर कमिटीको अभ्यास गरेको थियो ।

विराटनगर राष्ट्रिय समेलनमा आफ्नो पक्षलाई सम्मानजन स्थान नदिएको भन्दै भट्टराई पक्ष चिढिएपछि समस्या समाधानका लागि केन्द्रीय समितिलाई ९९ सय सदस्यीयबाट १ सय ५१ सदस्यीय बनाइएको थियो ।

पदाधिकारी, स्थायी समिति र पोलिट्ब्युरोमा पनि सो पक्षले बढी माग गरेपछि निर्वाचनमार्फत ती पदहरुको छिनोफानो भएको थियो । निर्वाचन बहिस्कार गरेको भट्टराई पक्षका पदाधिकारीमा एक, स्थायीय समितिमा दुई  र पोलिट्ब्युरोमा सात जना चुनिएका थिए ।

भट्टराईलाई भने केन्द्रीय समिति बैठकले वरिष्ठ नेताको हैसियतमा पदाधिकारीमा राख्ने निर्णय गरेको थियो । यद्यपि निर्वाचनलाई नौटंकी र भारदारीसभाको संज्ञा दिएको सो पक्षले निर्वाचन परिणाम स्वीकार गरेको छैन ।

10262157_902529343106466_5538607002033461555_n - Copy

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us