जलविद्युत, पर्यटन र कृषिमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

काठमाण्डु टुडे २०७१ जेठ २२ गते १२:१२ मा प्रकाशित

चीन , २२ जेठ – चीनको दुई दिने भ्रमणमा रहेका प्रधानमन्त्री सुशील कोइरालाले नेपालमा जलविद्युत, पर्यटन र कृषिको विकासमा चीनीयाँ सहयोगको अपेक्षा गरिएको बताएका छन् ।

pmकुनमिन भ्रमणको क्रममा युनान प्रान्तका चीनीया कम्यूनिष्ट पार्टीका सचिव किन गुनेरोङसँगको भेटवार्ताको क्रममा नेपालमा शान्तिसँगै विकासको अभियान सुरु भएको जानकारी दिदै सो अभियानलाई सफल बनाउन चीनको सहयोग आवश्यक भएको तर्क राखेका थिए ।

उनले भृकुटी र अरनिकोले सुरु गरेको हजारौ वर्षदेखिको चीन नेपाल सम्बन्ध सुमधुर रहेको भन्दै आफ्नो भ्रमणले अझै सम्बन्धलाई सुदृढ पार्ने विश्वास ब्यक्त गरेका थिए ।

वीपी कोइराला र माओत्सेतुङको भेटवार्ताको कुरा गर्दै अहिलेको भ्रमणले अझै बलियो बनाउने भन्दै छोटै भए पनि आफ्नो कुनमिङ भ्रमण फलदायी भएको दावी गरे ।

प्रधानमन्त्रीले शान्ति, स्थायीत्व र संविधान निर्माणको लागि नेपालका राजनीतिक दलहरुले मिलेर काम गरिरहेको जानकारी दिदै सहमतिकै रुपमा आफ्नो भ्रमण दलसमेत रहेको बताएका थिए । प्रधानमन्त्रीले भने शान्ति विना विकास हुँदैन । नेपालमा लगानीको बातावरण बन्दैछ । सबै दलको एजेण्डा विकास भएकोले ढुक्कसँग लगानी गर्न आब्हान गर्छु ।

उनले चीनले नेपाललाई विशेष महत्व दिएकोमा खुसी समेत ब्यक्त गर्दै नेपालले लिएको एक चीन नीति प्रति पुनः प्रतिबद्धता जनाएका थिए । । उनले भने – चीनसँग हाम्रो लामो सम्बन्धको बाबजुद कुनै असहमति छैन । यो नै महत्वपूर्ण कुरा हो ।

आज प्रधानमन्त्री कोइरालाको युनान प्रान्तका चीनीया कम्यूनिष्ट पार्टीका सचिव किन गुनेरोङले आयोजना गरेको रात्रिभोजमा सरिक हुने कार्यक्रम पनि रहेको छ । फोटो सौजन्य – ऋषि धमला

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us