काँग्रेसको दाबी नातिबाट हजुरबाले धुपमान सिके भन्नुजस्तैः भट्टराई

काठमाण्डु टुडे २०७१ जेठ २२ गते ८:३१ मा प्रकाशित

काठमाण्डु २२ जेठ – एकीकृत माओवादीका नेता बाबुराम भट्टराईले रकमान्तर प्रणालीको दुरुपयोग अरुबाट सिकेको भन्नु आश्र्चयजनक भएको बताएका छन् ।

Baburam-Bhattarai_20110602084615सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै भट्टराईले रकमान्तर प्रणालीको दुरुपयोग कांग्रेसले अरुबाट सिकेको भन्नु धुम्रपानको कुलत बाजेले नातिबाट सिकेको भनेर पन्छिनु जस्तै भएको टिप्पणी गरेका छन् । यस्ता कुलत सबैले छोड्न आग्रह गरेका छन् ।

कांग्रेस नेताहरुले रकमान्तर प्रणालीको दुरुपयोग कांग्रेसले अरुबाट सिकेको बताएपछि भट्टराईले यस्तो जवाफ दिएका हुन् ।

वर्तमान अर्थमन्त्रीले संचारमाध्यममा भट्टराई अर्थमन्त्री हुँदाको रकमान्तरको उदाहरण दिदैं आफूलाई बचाउ गरिरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us