निम्तो पहिलो, निर्णय पुछारमा

काठमाण्डु टुडे २०७१ जेठ २१ गते ६:१६ मा प्रकाशित

हङकङ, जेष्ठ २१ -प्रधानमन्त्री सुशील कोइराला चीनको कुनमिङमा हुने ‘साउथ एसिया एक्स्पो’ उद्घाटनमा सरिक हुन निम्तो पाउने सबैभन्दा पहिलो उच्चस्तरीय विदेशी पाहुनाहुन् ।

नेपाल एक्स्पोको ‘थिम कन्ट्री’ हो । यसैले पनि दक्षिण पश्चिमीप्रान्त युनानका गभर्नर ली जिहङ स्वयं काठमाडौं पुगी करिब अढाई महिनाअघि गतचैत १० मा प्रधानमन्त्री कोइरालालाई भ्रमणको निम्तो दिएका थिए । हामीपछिनिम्तो पाएका अन्य मुलुकले हप्तौंअघि सहभागिता निश्चित गरिसके । नेपाललेभने आफ्नै मुलुक ‘थिम कन्ट्री’ रहेको एक्स्पोमा उद्घाटन हुनु तीनदिनअघिसम्म सहभागिताबारे औपचारिक निर्णय गरेको छैन ।

जेठ २३ देखि २७ सम्मचल्ने एक्स्पोको शुक्रबार उद्घाटन हुने कार्यक्रम छ । केही दिनअघि मात्रसरकारले प्रधानमन्त्री सहभागी हुने निश्चित भएको मौखिक जानकारीकाठमाडौंस्थित चिनियाँ दूतावासलाई दिएको थियो । यसैका आधारमा एक्स्पोआयोजकले प्रधानमन्त्री सहभागी हुनेमा ढुक्क भई तयारी अघि बढाएका हुन् ।

सरकारको आधिकारिक नियोग बेइजिङस्थित नेपाली दूतावासले समेत प्रधानमन्त्रीकोभ्रमण पक्का भएको पहिलो जानकारी चिनियाँ अधिकारीमार्फत पाएका थिए । ‘कन्ट्री अफ अनरसहित सबैभन्दा पहिलो निम्तो पाएको मुलुकले सोही अनुरूपकोतदारुकता र उत्साह देखाउन नसक्नु लज्जास्पद कुरा हो,’ दूतावास स्रोतलेभन्यो, ‘अन्तिम समयसम्म भ्रमणको लिखित औपचारिक जानकारी नआउँदा सबै कामकुराअन्योलमै भइरहेको छ ।’

एक्स्पो उद्घाटन समारोहमा बंगलादेशका प्रधानमन्त्री, मालदिभ्सका राष्ट्रपति, सिंगापुर, म्यानमार, लाओसका उपराष्ट्रपति लगायतपाकिस्तान, भियतनामबाट समेत उच्चस्तरीय टोली सहभागी हुने दूतावासले जनायो । यी मुलुकहरूबाट सहभागी हुने प्रतिनिधिहरूबारेको जानकारी आयोजकले धेरैअघिपाएका हुन् । चिनियाँ सरकारका तर्फबाट एक्स्पोमा उपप्रधानमन्त्री वाङ याङलेप्रतिनिधित्व गर्नेछन् ।

चिनियाँ वाणिज्य मन्त्रालय र युनान प्रान्तीयसरकार एक्स्पोको संयुक्त आयोजक हुन् । यसपटक ‘थिम कन्ट्री’ का रूपमाभारतलाई प्राथमिकतामा राखिएका भए पनि मुलुक लोकसभा निर्वाचनमा रुमलिएकालेदोस्रो वर्षमै नेपालले यो महत्त्वपूर्ण अवसर पाएको हो ।

प्रधानमन्त्री कोइराला सम्मिलित टोलीको उडानका लागि काठमाडौंबाटै दुईतर्फीविशेष विमानको व्यवस्था गरिएको छ । कुनै पनि राष्ट्रको निम्तोमा जाँदाउसैबाट यस्तो सुविधा पाउने कोइराला नेपालको पहिलो राष्ट्रप्रमुख भएकोदूतावासका काउन्सेलर रामप्रसाद सुवेदीले बताए ।

एक्स्पोमा सहभागी हुनेराष्ट्र प्रमुखहरूमध्ये यो सुविधा पाउने कोइराला एक्लो हुन् । ‘यसले पनिएक्स्पोमा नेपाललाई दिइएको उच्च महत्त्व उजागर गर्छ,’ काउन्सेलर सुवेदीलेभने, ‘गभर्नर लीको नेपालप्रति अगाध स्नेह भएको पाएका छौं ।’ नेपाल ‘थिमकन्ट्री’ भएकाले प्रधानमन्त्रीलाई सम्मानसहित यस्तो सुविधा र महत्त्वदिइएको परराष्ट्र सहसचिव अम्बिका लुइँटेलले बताइन् ।

चीनले दक्षिण एसियाली मुलुकहरूसँग साझेदारी बढाउन दक्षिणपूर्वी सीमावर्तीसहर कुनमिङलाई मुख्य केन्द्रका रूपमा विकसित गर्ने प्रयास थालेको छ । सन्२०१२ मा मात्र चीन र दक्षिण एसियाली मुलुकहरूबीच ९२ अर्ब अमेरिकी डलरकोकारोबार भएको तथ्यांक छ ।

‘यसबाट नेपाल पनि उत्तिकै लाभान्वित हुन सक्छ,’ परराष्ट्रले स्रोतले भन्यो,’ ‘एउटा राष्ट्रप्रमुखले सबै पक्षलाई राजनीतिकचस्माले मात्र हेर्ने संस्कार त्याग्नुपर्छ ।’ सुस्त कार्यशैलीका कारणआलोचना खेपिरहेको कोइराला सरकारले यसको महत्त्व बुझ्न नसकेको उनको भनाइथियो ।

विगतदेखि नै नेपालका प्रधानमन्त्रीले पहिले भारत भ्रमण गर्नेप्रचलनका कारण चीनको निम्तोबारे कोइरालाले निर्णय गर्न सकिरहेका थिएनन् ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी भएपछि भनेयिनका लागि चीन भ्रमणको मार्गप्रशस्त भएको हो ।

कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us