
काठमाण्डु – जोया अख्तरको नयाँ चलचित्र ‘दिल धड्कने दो’को सुटिङका लागि अभिनेत्री प्रियंका चोपडाले तौल घटाएकी छिन् ।
उनले ओलम्पियन बक्सर झरना सङवीसँग रीङमा कडा मिहिनेत गरेकी थिइन् । उनी सो फिल्ममा पंजाबी व्यापारीमहिलाको भूमिकामा देखिने भएकी छिन् ।
प्रियंकाले बक्सर झरनासँग २० दिनको कडा मिहिनेतपछि आफ्नो तौल घटाएकी हुन् । उनले सो अभ्यासको दौरानमा स्किपिङ, रनिङ, खानपान पनि बारेकी थिइन् । उनलाई कार्बोहाइड्रेट पाइने खानेकुरा मात्र दिइएको थियो । सुटिङ पश्चात प्रोटिन बढि पाइने खानेकुरा दिइने झरनाले बताएकी छिन् ।
सुटिङमा रणवीर सिंह, अनुष्का शर्मा,अनिल कपुर र फरहान अख्तर साथै रहनेछन् ।