प्रियंकालाई बेचैन बनाए पूर्व ‘ब्वाईफ्रेन्ड’ले

काठमाण्डु टुडे २०७१ जेठ १९ गते १०:५० मा प्रकाशित

priyanka

काठमाण्डु – प्रियंका चोपडाले पूर्व ‘ब्वाईफ्रेन्ड’ असिम मर्चेन्टविरुद्ध  कानुनी सूचना जाहेर गरेकी छिन् ।

असिमले प्रियंकाका पूर्व प्रबन्धक प्रकाश जाजुलाई साथमा लिएर नयाँ फिल्म बनाउन लागेका छन् । तर, सो फिल्म प्रियंकाको निजी र व्यावसायीक जीवनमा खलल पु¥याउने कथावस्तुमा आधारीत भएकोले प्रियंकाले असिम विरुद्ध सूचना जाहेर गरेकी हुन् ।

प्रियंकाले आफ्ना वकील आनन्द देसाइँमार्फत सो सूचना पठाएकी छिन् । पत्रमा भनिएको छ – यसले प्रियंकाको अधिकार, गोपनीयताको उल्लङघन, इज्जतमाथि धक्का र मानहानी हुने भएकाले फिल्ममा प्रयोग हुने सबै प्रचारका सामाग्री रोक्न आग्रह गरिएको छ ।

असिम र प्रियंकाको डेटिङ सन् २००० मा चलेको थियो । जतिबेला प्रियंकाले विश्वसुन्दरीको ताज पहिरेकी थिइन् ।

जानकारहरुका अनुसार असिम प्रियंकाको बारेमा मोडेलिङ गर्दादेखिको इतिहास थाहा पाएका व्यक्ति हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us